सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी « Khabarhub

सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गरेको नीति तथा कार्यक्रममाथिका संशोधन प्रस्तावबारे सांसदहरूले संशोधन राख्दै बोलिरहेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भए पनि संशोधन प्रस्ताव राख्दा प्रतिपक्षले सदन चल्न दिएका छन् । तर संशोधन प्रस्तावको उत्तर दिनचाहिँ प्रधानमन्त्रीले नै दिनुपर्ने अडानमा उभिने तयारी प्रतिपक्षले गरेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी र नेपाली कम्युनिस्ट पार्टीले संशोधन प्रस्तावमा सांसदहरूलाई धारणा राख्न दिएका छन् । तर अब प्रश्नको उत्तर दिँदा भने प्रधानमन्त्री नै चाहिने साझा अडानको पक्षमा उभिन लागेको एक नेताले बताएका छन् ।

‘हामीले संशोधन प्रस्ताव पेश गर्नमात्रै सांसदहरूलाई दिएका हौँ। उत्तरचाहिँ हामी प्रधानमन्त्रीबाटै माग्छौँ’, प्रतिपक्षी दलका एक नेताले भने, ‘जनताबाट भाग्ने काम प्रधानमन्त्रीले अब गर्नु हुँदैन। हामी जसरी पनि उहाँको जवाफ माग्छौँ ।’

प्रधानमन्त्री बालेन्द्र अहिलेसम्म सदनमा जवाफ दिन आउँछन्-आउँदैनन् भन्ने टुंगो छैन । फागुन २१ को निर्वाचनयता उनले संसद्मा उभिएर एक शब्द बोलेका छैनन् ।

यसअघि नेपाली सेनाको मञ्चमा सम्बोधन गरिसकेका उनी अझै पनि संसद्मा उभिन तयार छैनन् । त्यसैले उनले आफू सिंहदरबारमै बसेर पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जवाफ दिन खटाइरहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ३ : ५२ बजे

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम