२०० करोड मनी लन्ड्रिङ केसमा ट्विस्ट : ज्याकलिन फर्नान्डेजले सरकारी साक्षी बन्ने कदम फिर्ता लिइन् « Khabarhub

२०० करोड मनी लन्ड्रिङ केसमा ट्विस्ट : ज्याकलिन फर्नान्डेजले सरकारी साक्षी बन्ने कदम फिर्ता लिइन्


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि २०० करोड भारतीय रुपैयाँ बराबरको मनी लन्ड्रिङ प्रकरणका कारण चर्चामा आएकी छन्। कथित ठग  सुकेश चन्द्रशेखरसँग जोडिएको उक्त मुद्दामा उनले सरकारी साक्षी बन्न दिएको निवेदन फिर्ता लिएपछि प्रकरणले नयाँ मोड लिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ज्याकलिनले गत महिना दिल्लीस्थित पटियाला हाउस अदालतमा सरकारी साक्षी बन्न निवेदन दिएकी थिइन्। तर मंगलबार उनले उक्त निवेदन अचानक फिर्ता लिएकी हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार ज्याकलिनले गत महिना दिल्लीस्थित पटियाला हाउस अदालतमा सरकारी साक्षी बन्न निवेदन दिएकी थिइन् । तर मंगलबार उनले उक्त निवेदन अचानक फिर्ता लिएकी हुन्। यसअघि भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले उनको निवेदनको कडा विरोध गरेको थियो।

ईडीको दाबीअनुसार सुकेशको आपराधिक गतिविधिबारे जानकारी हुँदाहुँदै पनि ज्याकलिन उनीसँग सम्पर्कमा रहेको तथा उनले महँगा उपहार, लक्जरी सामग्री र अन्य सुविधाहरू स्वीकार गरेकी थिइन्। ती उपहारहरू कथित रूपमा अवैध रकमबाट खरिद गरिएको आरोप छ।

ईडीले यस मनी लन्ड्रिङ प्रकरणमा ज्याकलिनलाई पनि आरोपी बनाएको छ। अनुसन्धान निकायका अनुसार सुकेशबाट प्राप्त महँगा उपहारहरू २०० करोड रुपैयाँ बराबरको ठगीबाट आएको रकमसँग जोडिएका छन्।

यो मुद्दा दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले दर्ता गरेको ठगी प्रकरणसँग सम्बन्धित छ। आरोपअनुसार सुकेशले आफूलाई सरकारी उच्च अधिकारीका रूपमा प्रस्तुत गर्दै फोर्टिस हेल्थकेयरका पूर्व प्रवर्द्धककी पत्नी अदिति सिंहसँग ठूलो रकम ठगी गरेका थिए।

बलिउडसँग जोडिएको यो चर्चित प्रकरणमा ज्याकलिनले सरकारी साक्षी बन्ने कदम फिर्ता लिएपछि अब मुद्दाको आगामी प्रक्रिया र अदालतको निर्णयतर्फ थप चासो बढेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ४ : ०५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।