कालो धुवाँ बोकेरै ठडिएको छ पुरानो संसद् भवन, पुनर्निर्माणको छैन टुंगो, भाडासमेत तिर्न बाँकी « Khabarhub

कालो धुवाँ बोकेरै ठडिएको छ पुरानो संसद् भवन, पुनर्निर्माणको छैन टुंगो, भाडासमेत तिर्न बाँकी


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) अझै पनि कालो धुँवाले पोतिएकै अवस्थामा ठडिएको छ ।

संघीय राजधानी काठमाडौंको बानेश्वरस्थित वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनमा परिणत गरिएको थियो । जहाँ सरकारले १४ जेठ २०६५ देखि संघीय संसद् बैठक सञ्चालन गर्दै आएको थियो ।

त्यही भवनमा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा निशाना साँधियो । सरकारसँग ठूलो बैठक तथा भेला गर्न कुनै हल नभएकाले चीन सरकारको अनुदानमा सुविधासम्पन्न उक्त भवन २०५० सालमा बनाइएको हो ।

१० वर्षे जनयुद्धपछि भएको २०६४ को संविधानसभा निर्वाचनदेखि गणतन्त्र दिवसको घोषणाजस्तो ऐतिहासिक निर्णयको साक्षी हो त्यो भवन । जुन जेन–जी आन्दोलनका क्रममा जलाइएपछि छिन्नभिन्न अवस्थामा छ ।

‘हामीले तत्काल निर्माण गर्न सक्ने पर्खालमा त सुधार भइसकेको छ, भित्री संरचना अध्ययनकै क्रममा छ,’ शहरी विकास तथा भवन निर्माण विभागका पुनःनिर्माण, पुनःस्थापना र प्रवलीकरण महाशाखाका इन्जिनियर अभिनास श्रीवास्तवले बताए ।

उनका अनुसार हालसम्म ६ वटासम्म भवनको ३ तहका संरचनाको प्रयोगशालामा परीक्षण भएको छ । ‘यो भवन ३० वर्ष पुरानो हो । यसको अधिकांश भागमा क्षति देखिन्छ, हामी अब स्ट्रक्चर मोडलिङ एनालाइसिस गरेरमात्रै यसलाई प्रवलीकरण वा पुनःनिमार्णको टुंगोमा पुग्छौँ,’ उनले भने ।

उक्त परीक्षण र विश्लेषण सकिएपछि मात्रै आर्थिक मूल्याकंनमा जाने उनले बताए । आन्दोलनको पूर्वसन्ध्यासम्म उक्त भवनमा संसद् चलिनै रहेको थियो । जसबापत सरकारले वर्षेनि १५ करोड रुपैयाँ भाडा तिर्दै आएको थियो ।

२०७२ सालको भूकम्पपछि यो भवनसमेत जीर्ण बनेकाले पुनःनिर्माण गर्नुपर्ने अवस्था थियो । जसका लागि चिनियाँ टोलीले अध्ययन गरेको थियो । यता सिंहदरबारस्थित संसद्को नयाँ भवन बनेपछि मात्रै काम सुरु गर्ने भनिएको थियो ।

त्यसैले सरकारले गत असोजसम्मलाई मात्रै भवन प्रयोग गर्ने निर्णय गरिसकेको थियो । त्यहीबीचमै आन्दोलनका नााममा जलाइँदा भवन क्षतिग्रस्त भयो ।

त्यहीकारण भदौ २३ सम्मको बाँकी रकम तिर्ने गरी आन्तरिक प्रशासन शाखाले फाइल उठाएको संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक भोजराज पौडेलले बताए ।

‘हामीले त्यसको भाडा पनि सरकारकै निकाय शहरी विकास मन्त्रालयलाई नै तिर्ने हो । सरकारले निर्णय ग¥यो भने नतिर्न पनि मिल्छ । हतार गर्नुपर्ने छैन,’ पौडेलले भने ।

उनका अनुसार ६//६ महिनामा २ पटक गरी जम्मा १५ करोड रुपैयाँ केन्द्रलाई सचिवालयले भाडाबापत तिर्नुपर्ने सम्झौता थियो । जसमा त्यहाँभित्रको लगानी बोर्ड र कानुन आयोगले १ करोड सचिवालयलाई दिने गरेको थियो ।

अहिले संसद् बैठक सिंहदरबारस्थित नयाँ भवनको अस्थायी हलबाट चलिरहेको छ । उक्त भवन पनि निर्माणकै चरणमा छ ।

नेपाल–चीन मैत्रीको प्रतीक मानिने बानेश्वरको उक्त भवनमा आधुनिक शैलीको १ हजार ४६ सिट क्षमता रहेको सभा हल थियो । विभिन्न बैठक कोठा, कक्षाहरू, कार्यालय कक्ष, अतिथि स्वागत हल र प्रेस कक्षसमेत रहेको केन्द्रमा उच्चस्तरको ध्वनि तथा प्रकाश प्रणालीकाो व्यवस्था थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ४ : १७ बजे

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र