छुसाङ–घमी सडक स्तरोन्नति गर्न स्रोत सहमति सुनिश्चित « Khabarhub

छुसाङ–घमी सडक स्तरोन्नति गर्न स्रोत सहमति सुनिश्चित


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत यहाँको बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ स्थित घमी सडक योजनालाई अर्थ मन्त्रालयबाट तीन अर्ब १५ करोड रुपैयाँ बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित गरिएको छ । 

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको गत सोमबारको पत्र अनुसार यहाँको कोरलानाका जोड्ने छुसाङ–घमी ४० दशमलव २० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि अर्थ मन्त्रालयबाट उक्त बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित भएको हो ।

यसअघि कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा  राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयमा गत वैशाख ७ गते नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत छुसाङ–घमी सडक योजनाका लागि तीन अर्ब १५ करोड रुपैयाँ बजेटको स्रोत सहमतिका लागि सिफारिस गरेको थियो । 

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरी राष्ट्रिय योजना आयोग र भौतिक पूर्वाधार तथा सहरी विकास शाखालाई स्रोत सहमति प्रदान गरिएको पत्रमार्फत जानकारी गराइएको छ ।

आयोगका स्रोत सहमति सिफारिसअनुसार आयोजनाका लागि बहुवर्षीय स्रोत सहमतिसम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०८२ को दफा ४ को उपदफा २ र दफा ७ को खण्ड (ग) बमोजिम प्रचलित कानुन र स्वीकृत मापदण्डअनुसार खर्च गर्नेगरी सोमबारको मन्त्रिस्तरीय निर्णयले छुसाङ–घमी सडक योजनाका लागि बहुवर्षीय स्रोत सहमति भएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । 

अर्थ मन्त्रालयबाट स्रोत सहमति सुनिश्चित भएकाले चालु आर्थिक वर्षमा नै ठेक्का प्रक्रिया सुरु गर्ने बाटो खुलेको आयोजना प्रमुख शर्माको भनाई छ ।

यसअघि मुस्ताङको कागबेनीदेखि छुसाङसम्मको ९९.८० किलोमिटर सडक कालोपत्र तथा सडक स्तरोन्नति गर्न सरकारले आवश्यक बजेट विनियोजन गरेको थियो । 

सोहीअनुसार कोरलानाका जोड्ने कागबेनी–छुसाङ सडक कालोपत्र गर्न गत असार २६ गते २६ करोड ८७ लाख ९६ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको थियो ।
 
नेपाल–चीन उत्तरी कोरलानाका सडक कालोपत्र तथा थप स्तरोन्नति गर्ने उद्देश्यले आयोजनाले दुई चरणमा प्रारम्भिक वातावरण मूल्यांकन सम्पन्न गरेको थियो । 
 

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ५ : ४५ बजे

भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन

सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न

काठमाडौं- यही वैशाख २८ गतेदेखि नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डामा

सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको

क्रियाशील सदस्यता अद्यावधिक गर्दै कांग्रेस, तल्लो तहका सदस्यका समस्या समाधानमा जोड

गण्डकी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा सक्रिय

सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : ट्रम्प

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको