भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक « Khabarhub

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमले रौनक थएिको छ । ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ हरेक वर्ष आयोजना हुँदै आएको सो सम्मेलन यस वर्ष भक्तपुर नगरपालिका–७ गोमारीको यातामा सञ्चालन भइरहेको छ । सांस्कृतिक गुरु एवं ज्येष्ठ नागरिक मोतिबहादुर खायमलीले आज बिहान उद्घाटन गरेको सो सम्मेलन राति ११ः०० बजेसम्म चल्नेछ ।

सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिनाका साथै नाटक, ख्याल, नृत्य, गीतिनाटक र गीतलगायत सांस्कृतिक प्रस्तुति गरिने आयोजकले जनाएको छ । नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवद्र्धनमा योगदान पुर्याउँदै आएको छ ।

चार दशकभन्दा लामो इतिहास बोकेको सो सम्मेलनबाट साहित्यिक गतिविधिमार्फत सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, सिर्जना गर्न र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्मेलनका क्रममा भाषा तथा साहित्यसम्बन्धी विज्ञका मन्तव्य, साहित्यकार तथा कलाकारको सम्मान र समसामयिक सामाजिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

साहित्यिक गतिविधि र सांस्कृतिक प्रस्तुतिलाई छुट्टाछुट्टै चरणमा सञ्चालन गर्ने परम्पराअनुसार दिउँसो साहित्यिक कार्यक्रम र साँझ सांस्कृतिक कार्यक्रम गरिने छ । प्रत्येक वर्ष भक्तपुरका फरक–फरक वडा तथा टोलमा आयोजना हुँदै आएको तःमुंज्यामा नेपालभाषाका अतिरिक्त अन्य भाषाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिलाई समेत स्थान दिइनेछ ।

प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गर्ने आयोजकको उद्देश्य छ । सो सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय तथा भाषा–संस्कृतिप्रेमीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष उकेश कवांले जानकारी गराए ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ७ : १९ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण