सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न « Khabarhub

सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही वैशाख २८ गतेदेखि नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डामा सञ्चालन भएको चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ आज सम्पन्न भएको छ । समापन समारोहमा जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी राजाराम बस्नेतले अभिमुखीकरणमा सहभागिता जनाएका २९ सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरे ।

सोही अवसरमा विगत लामो समयदेखि काठमाडौँ तथा आसपासका जिल्लामा नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पाँच वटा एफएम रेडियो स्टेशनलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो ।

अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई नेपाली सेनाको विविध विषयमा जानकारी गराउनुका साथै विपद् प्रतिकार्य एवं समसामयिक विषयमा अन्तरक्रिया गराइएको थियो ।

सो अभिमुखीकरणबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीलाई नेपाली सेनासम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता एवं स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ६ : २९ बजे

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,