विपक्षीले प्रधानमन्त्रीबाट जवाफ खोजेपछि प्रतिनिधिसभाको बैठक स्थगन « Khabarhub

विपक्षीले प्रधानमन्त्रीबाट जवाफ खोजेपछि प्रतिनिधिसभाको बैठक स्थगन


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । आज बिहान ११ः१५ बजेदेखि जारी बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री वालेन्द्र शाहले दिनुपर्ने माग गर्दै विपक्षी सांसदहरुले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगन भएको जानकारी गराए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाह उपस्थिति हुनुपर्ने माग गर्दै सदनको कामकारबाही अघि नबढाउन सभामुख अर्यालको ध्यानाकर्षण गराए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई तोक्नुभएको व्यहोरासहितको पत्र सदनलाई पठाएको जानकारी दिँदै सभामुख अर्यालले विपक्षी सांसदहरुलाई आसनमा बसेर सहयोग गर्न आग्रह गरे ।

‘हामीले छलफल सकेका छौँ, सरकारको तर्फबाट जवाफ दिन अर्थमन्त्रीज्यू तयार हुनुहुन्छ, माननीयज्यूहरु बसेर सहयोग गर्नुहोस्’, सभामुख अर्यालले भने ।

नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापा, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृतिका सांसद आरेन राई र राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सभामुख अर्यालको निर्देशनमा आफूहरुले इमान्दार र अनुशासित भइ नीति कार्यक्रममाथिको छलफलमा भाग लिएको उल्लेख गर्दै जवाफका क्रममा प्रधानमन्त्री शाहको उपस्थिति नभएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ८ : ४८ बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा