पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त « Khabarhub

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज पूर्वमन्त्री पाण्डेसँग रु चार लाख लिएर धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले तनहुँका सञ्जय भट्ट र काठमाडौँका भाष्करराज अर्यालसँग रु १०/१० लाख, सुनसरीका जीवनकुमार दास र मकवानपुरका सागर कटुवालसँग रु पाँच/पाँच लाख, नुवाकोटका प्रकाश ढुङ्गाना, काठमाडौँका अमृत बोहोरा, दोलखाका अनिल श्रेष्ठ, धादिङका टङ्ककुमार श्रेष्ठ, सिरहाका स्वदेश पोखरेल र काठमाडौँका ऋषिकेश गौलीलाई जनही रु चार लाख धरौटीमा छाडन आदेश दिएको हो ।

अदालतले उक्त प्रकरणमा पक्राउ परेका धनकुटाका दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको आरोपमा पूर्वमन्त्री पाण्डेसहितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यही वैशाख ११ गते पक्राउ गरी २२ जनालाई प्रतिवादी बनाइएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ९ : ५१ बजे

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र