विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा « Khabarhub

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा


३१ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल अफ्रिकन पावरहाउस मोरक्कोले १-१ गोलको बराबरीमा खेलेका छन्। न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलको ७१ औँ मिनेटसम्म दुवै टोलीले १-१ गोलको बराबरी खेलेका छन्।

खेलको पहिलो हाफको अन्त्यतिर दुवै टोलीले आक्रामक खेल पस्किए पनि दोस्रो हाफमा भने खेल केही सुस्त देखिएको छ। खेल सकिन २० मिनेटभन्दा कम समय बाँकी रहँदा दुवै टोली रणनीतिक परिवर्तन गर्ने दाउमा देखिन्छन्।

खेलमा मोरक्कोका लागि साइबारीले २१ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, मोरक्कोको त्यो खुसी धेरै बेर टिक्न पाएन। ब्राजिलका स्टार विनेसियस जुनियरले ३२ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

यस समूह ‘सी’ मा ब्राजिल र मोरक्कोसँगै स्कटल्यान्ड र हाइटी पनि रहेका छन्। विश्वकै सबैभन्दा सफल टोली ब्राजिलले यसपटक सुखद सुरुवात गर्ने अपेक्षा गरिए पनि बलियो मोरक्कोले उसलाई कडा टक्कर दिएको छ । खेलकाे ७१ मिनेटसम्म बराबरीमा छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ५ : ३१ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण