विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा « Khabarhub

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल अफ्रिकन पावरहाउस मोरक्कोले १-१ गोलको बराबरीमा खेलेका छन्। न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलको ७१ औँ मिनेटसम्म दुवै टोलीले १-१ गोलको बराबरी खेलेका छन्।

खेलको पहिलो हाफको अन्त्यतिर दुवै टोलीले आक्रामक खेल पस्किए पनि दोस्रो हाफमा भने खेल केही सुस्त देखिएको छ। खेल सकिन २० मिनेटभन्दा कम समय बाँकी रहँदा दुवै टोली रणनीतिक परिवर्तन गर्ने दाउमा देखिन्छन्।

खेलमा मोरक्कोका लागि साइबारीले २१ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, मोरक्कोको त्यो खुसी धेरै बेर टिक्न पाएन। ब्राजिलका स्टार विनेसियस जुनियरले ३२ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

यस समूह ‘सी’ मा ब्राजिल र मोरक्कोसँगै स्कटल्यान्ड र हाइटी पनि रहेका छन्। विश्वकै सबैभन्दा सफल टोली ब्राजिलले यसपटक सुखद सुरुवात गर्ने अपेक्षा गरिए पनि बलियो मोरक्कोले उसलाई कडा टक्कर दिएको छ । खेलकाे ७१ मिनेटसम्म बराबरीमा छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ५ : ३१ बजे

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

गुल्मीमा ३८ जातका कफीको परीक्षण

गुल्मी– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण

चिलिमेमा उद्धारको आशा जाग्यो, विद्युत् गृह पुग्न १०० मिटर मात्रै बाँकी

काठमाडौं- गत भदौ १० गतेको बाढीले क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत्