कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक « Khabarhub

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

देउवा-खड्कालाई पठाएको १६ दिनसम्म अनुत्तरित गोप्य प्रस्तावमा के छ ?


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५ औँ महाधिवेशनलाई मर्यादित बनाउन सभापित गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले राखेको ७ बुँदे प्रस्ताव सार्वजनिक भएको छ।

गत जेठ १६ गते अपदस्थ सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आन्तरिक रूपमा पठाइएको उक्त प्रस्तावमा १६ दिनसम्म पनि कुनै जवाफ नआएपछि जेठ ३१ गते सार्वजनिक गरिएको हो। ‘सबै सँगै बढौँ यसरी’ भन्ने मूल नाराका साथ प्रस्तुत प्रस्तावमा विशेष महाधिवेशनपछिको परिस्थितिलाई सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बनाउने रोडम्याप प्रस्तुत गरिएको छ।

प्रस्तावमा विधानको धारा १७ (२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगको अद्यावधिक र सर्वोच्च अदालतको फैसलालाई आत्मसात् गर्दै विमतिका विषयहरूलाई १५ औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक एजेन्डाका रूपमा प्रस्तुत गर्न सकिने उल्लेख छ। यस्तै, केन्द्रीय समितिमा रहेका सबै नेताहरू महाधिवेशनमा स्वतः प्रतिनिधि हुन पाउने पुरानो परम्पराको अन्त्य गर्दै वडा तहबाटै अनिवार्य प्रतिनिधि चुनिएर आउनुपर्ने क्रान्तिकारी सर्त गगन र विश्वले अघि सारेका हुन्।

७ बुँदे परिमार्जित प्रस्तावको मुख्य अंश:

एकताको प्रतिबद्धता: विभिन्न कालखण्डका विवाद र फरक मतलाई सुरक्षित गर्दै अभिन्न रहेर अघि बढ्ने। विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कुनै पनि सदस्यलाई फरक व्यवहार नगर्ने।

क्रियाशील सदस्यता अद्यावधिक: १५ औँ महाधिवेशन तयारीको पहिलो चरणका रूपमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रिया निर्धारित समयभित्र पूरा गर्ने।

अग्रजलाई सम्मान: पार्टीमा लामो समय योगदान गरेका केही अग्रज नेताहरूलाई केन्द्रीय समितिमा ‘वरिष्ठ नेता’ को रूपमा सम्मानित भूमिकामा स्थापित गर्ने।

केन्द्रीय समिति र कार्यसम्पादनमा सहभागिता: कार्यसमिति बाहिर रहेका तर जिम्मेवारी लिन इच्छुक साथीहरूलाई निश्चित संख्यामा सम्मानपूर्वक जिम्मेवारी दिने र कार्यसम्पादन समितिमा सम्मानजनक सहभागिता गराउने। (तर केन्द्रीय समितिमा रहेका सबैले वडा तहबाटै प्रतिनिधि बनेर अनिवार्य आउनुपर्ने।)

समितिहरूमा सहकार्य: १५ औँ महाधिवेशन गराउने निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सम्मानजनक सहभागिता र सहकार्य सुनिश्चित गर्ने।

महाधिवेशन व्यवस्थापन समिति: केन्द्रीय समितिको अङ्ग रहने गरी बैठकबाटै ‘१५ औँ महाधिवेशन व्यवस्थापन समिति’ गठन गर्ने।

भ्रातृ तथा शुभेच्छुक संस्था: भ्रातृ र शुभेच्छुक संस्थाको केन्द्रीय समितिमा काम गर्न इच्छुक साथीहरूलाई उनीहरूको चाहना र योग्यता अनुरूप सभापति वा पदाधिकारीको जिम्मेवारी प्रदान गर्ने।

विशेष महाधिवेशनपछि पार्टीभित्र बढेको ध्रुवीकरण र तिक्ततालाई चिर्न सभापति थापा र महामन्त्री शर्माले यो मध्यमार्गी र संस्थागत प्रस्ताव अघि सारेका हुन्। नेतृत्व तहले यस प्रस्तावमाथि देखाएको उदासीनताका कारण यसलाई सार्वजनिक गर्नुपरेको गगन विश्व समूहले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ७ : ०२ बजे

९८ दिनको प्रसूति बिदा छ महिना बनाउन प्रस्ताव : सुत्केरीमाथि हिंसा गरे कारबाही

काठमाडौँ – सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका