२४ घण्टामा विपद्का २४ घटना : २ जनाको मृत्यु, १५ जना घाइते  « Khabarhub

२४ घण्टामा विपद्का २४ घटना : २ जनाको मृत्यु, १५ जना घाइते 


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका २४ वटा विपद्का घटना भएका छन् । 

ती घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (प्राधिकरण(एनडीआरआरएमए) का अनुसार घटनाबाट करिब ६ लाख ६९ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिन अनुसार झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट ६२ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै हुम्लाको सर्केगाड गाउँपालिकामा जंगलमा गाईवस्तु चराउन गएकी १५ वर्षीया बालिकामाथि माथिबाट खसेको ढुंगा लाग्दा ज्यान गएको छ ।

यस अवधिमा तेह्रथुम, सिरहा, स्याङ्जा, रोल्पा, दाङ, बाँके, सुर्खेत तथा कञ्चनपुरका विभिन्न स्थानमा भएका सर्पदंशका घटनामा नौ जना घाइते भएका छन् । उनीहरूलाई सम्बन्धित अस्पतालमा उपचारका लागि पठाइएको प्राधिकरणले जनाएको छ।

कास्कीको फेवातालमा अचानक आएको हावाहुरी र वर्षाका कारण डुंगा तथा प्याडल बोटमा सवार चार जना अलपत्र परेका थिए । उनीहरूको सकुशल उद्धार गरिएको छ । आगलागीका तीन घटनामा सुनसरी, रौतहट र चितवनमा गरी करिब ६६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।  

चितवनको भरतपुरस्थित एक विद्युतीय साइकल कम्पनीमा भएको आगलागीबाट मात्रै ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको जनाइएको छ ।

यस्तै इलाममा बाढीका कारण मेची करिडोर सडक अवरुद्ध भएको छ भने धनकुटा र लमजुङमा पहिरो खस्दा सडक यातायात प्रभावित बनेको छ । 

जनावर आक्रमणका घटनामा कास्कीमा कुकुरको टोकाइबाट दुई जना र जुम्लामा एक बालिका घाइते भएका छन्। बर्दियामा पाटेबाघको आक्रमणबाट एक किशोरसहित दुई जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा प्रहरी, स्थानीय तह तथा उद्धार टोली परिचालन गरी आवश्यक प्रतिकार्य तथा उद्धार कार्य सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  १ : ३३ बजे

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट