फ्रान्सविरुद्ध फाइनल खेलाएका पोलिस रेफ्री नै अर्जेन्टिनाको खेलमा दोहोरिँदै « Khabarhub

फ्रान्सविरुद्ध फाइनल खेलाएका पोलिस रेफ्री नै अर्जेन्टिनाको खेलमा दोहोरिँदै


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साविक विश्वकप विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्ने समूह चरणको खेल पोल्यान्डका रेफ्री सिज्मोन मार्सिनियाकले खेलाउने भएका छन्।

मार्सिनियाकले सन् २०२२ को कतार विश्वकप फाइनलमा पनि अर्जेन्टिनाको खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

‘ला स्कालोनेटा’ र अल्जेरियाबीचको खेलको जिम्मेवारी उनैले पाएका छन्।

विश्वकपको पहिलो खेलमा अर्जेन्टिनाको रेफ्री को हुने भन्ने जानकारी सार्वजनिक भएपछि धेरै समर्थकको अनुहारमा हल्का मुस्कान देखिएको टिप्पणी भएको छ।

सन् २०२२ विश्वकप उपाधि जितेको ऐतिहासिक फाइनल खेल सञ्चालन गरेका उनै पोलिस रेफ्री मार्सिनियाक फेरि एकपटक अर्जेन्टिनाको खेलमा देखिन लागेका छन्। यो घोषणा सुन्दा धेरैलाई समय निकै छिटो बितेझैँ महसुस भएको टिप्पणी सञ्चारमाध्यमले गरेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  १ : २८ बजे

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

गुल्मीमा ३८ जातका कफीको परीक्षण

गुल्मी– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण

चिलिमेमा उद्धारको आशा जाग्यो, विद्युत् गृह पुग्न १०० मिटर मात्रै बाँकी

काठमाडौं- गत भदौ १० गतेको बाढीले क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत्