विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक « Khabarhub

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित लिभाइज स्टेडियममा भएको आफ्नो पहिलो खेलमा कतार र स्विट्जरल्याण्डले १-१ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । यससँगै आफ्नो फुटबल इतिहासमै कतारले विश्वकपमा पहिलो अंक जोड्न सफल भएको छ ।

खेलको अन्तिम समयमा कतारले गोल फर्काउँदै स्विट्जरल्याण्डको हातबाट जित खोसेको हो । खेलको पहिलो हाफमा ब्रेल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३औँ मिनेटमा स्विट्जरल्याण्डका रेमो फ्रुइलरलाई कतारी गोलकिपर महमुद अबुनादाले डिबक्सभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को लामो जाँचपछि एम्बोलोले पेनाल्टीलाई सहजै गोलमा परिणत गरे ।

यसअघि कतारले खेलको सुरुवातमै गोल गर्ने राम्रो अवसर पाएको थियो । कतारका एडमिल्सन जुनियरले स्विट्जरल्याण्डका डिफेन्डर म्यानुएल अकान्जीबाट बल खोसेर गोलतर्फ प्रहार गरे पनि स्विस गोलकिपर ग्रेगोर कोबेलले रोक्न सफल भए । पहिलो हाफकै इन्जुरी समयमा स्विट्जरल्याण्डका मिशेल एबिसरको प्रहारलाई कतारी खेलाडीले गोललाइनबाट बचाएका थिए ।

दोस्रो हाफमा अत्यधिक गर्मीका कारण खेलको गति केही सुस्त सुनिएको थियो । खेल सकिन १५ मिनेट बाँकी छँदा स्विट्जरल्याण्डले गोल गर्ने केही अवसरहरू गुमायो । कतारका प्रशिक्षक जुलियन लोपेटेगुईको रणनीति अनुसार खेलिरहेको कतारी टोलीले खेलको अन्तिम समयमा चमत्कार गर्‍यो ।

खेलको अन्तिम मिनेटमा होमाम अल अमिनको उत्कृष्ट क्रसमा कतारका कप्तान बुआलेम खुखीले उत्कृष्ट हेडिङ गर्दै बललाई जाली चुमाए । यद्यपि, फिफाले पछि उक्त गोललाई स्विट्जरल्याण्डका मिरो मुहेइमको आत्मघाती गोलको रूपमा मान्यता दिएको छ । यस बराबरीसँगै सन् २०२२ को विश्वकप आयोजक कतारले यस पटकको विश्वकपमा महत्त्वपूर्ण अंक जोडेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  २ : ५० बजे

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न