फोहोर व्यवस्थापनमा काठमाडौं महानगरले ‘पोलुटर्स पे प्रिन्सिपल’ लागू गर्ने « Khabarhub

फोहोर व्यवस्थापनमा काठमाडौं महानगरले ‘पोलुटर्स पे प्रिन्सिपल’ लागू गर्ने


३१ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, व्यवस्थित र आधुनिक बनाउन ‘पोलुटर्स पे प्रिन्सिपल’ लागू गर्ने तयारी गरेको छ । 

यसअन्तर्गत फोहोर उत्पादन गर्ने व्यक्तिले नै त्यसको व्यवस्थापनको लागत व्यहोर्नुपर्ने व्यवस्था गरिनेछ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा महानगरले फोहोरको प्रकृति र परिमाणका आधारमा सेवा शुल्क निर्धारण गर्ने उल्लेख गरेको हो  ।

फोहोरलाई स्रोतबाटै वर्गीकरण गर्ने, पुनः प्रयोग बढाउने र पुनचक्रणलाई प्राथमिकता दिने योजना समावेश गरेको छ । जैविक फोहोरबाट कम्पोस्ट मल उत्पादनलाई प्रोत्साहन गर्दै कृषि क्षेत्रमा यसको उपयोग विस्तार गर्ने लक्ष्य पनि राखिएको छ ।

त्यस्तै, फोहोरमैला व्यवस्थापनमा गैरसरकारी संस्था र निजी क्षेत्रसँगको सहकार्य विस्तार गरिने भएको छ । आवश्यक उपकरण तथा पूर्वाधार निर्माणसँगै जैविक र अजैविक फोहोरको छुट्टाछुट्टै संकलन, ढुवानी र प्रशोधन प्रणालीलाई अझ सुदृढ बनाइने महानगरले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ३ : १४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली