फोहोर व्यवस्थापनमा काठमाडौं महानगरले ‘पोलुटर्स पे प्रिन्सिपल’ लागू गर्ने « Khabarhub

फोहोर व्यवस्थापनमा काठमाडौं महानगरले ‘पोलुटर्स पे प्रिन्सिपल’ लागू गर्ने


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, व्यवस्थित र आधुनिक बनाउन ‘पोलुटर्स पे प्रिन्सिपल’ लागू गर्ने तयारी गरेको छ । 

यसअन्तर्गत फोहोर उत्पादन गर्ने व्यक्तिले नै त्यसको व्यवस्थापनको लागत व्यहोर्नुपर्ने व्यवस्था गरिनेछ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा महानगरले फोहोरको प्रकृति र परिमाणका आधारमा सेवा शुल्क निर्धारण गर्ने उल्लेख गरेको हो  ।

फोहोरलाई स्रोतबाटै वर्गीकरण गर्ने, पुनः प्रयोग बढाउने र पुनचक्रणलाई प्राथमिकता दिने योजना समावेश गरेको छ । जैविक फोहोरबाट कम्पोस्ट मल उत्पादनलाई प्रोत्साहन गर्दै कृषि क्षेत्रमा यसको उपयोग विस्तार गर्ने लक्ष्य पनि राखिएको छ ।

त्यस्तै, फोहोरमैला व्यवस्थापनमा गैरसरकारी संस्था र निजी क्षेत्रसँगको सहकार्य विस्तार गरिने भएको छ । आवश्यक उपकरण तथा पूर्वाधार निर्माणसँगै जैविक र अजैविक फोहोरको छुट्टाछुट्टै संकलन, ढुवानी र प्रशोधन प्रणालीलाई अझ सुदृढ बनाइने महानगरले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ३ : १४ बजे

विदुरको ढुंगेमा भीड बढ्दा उद्धार टोलीलाई कठिनाइ

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड

भोटेकोशी बाढी : काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक– भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ