काठमाडौँमा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता, मन्त्री पोखरेलले भने, ‘यमबुद्ध पार्क सोचेजस्तै बनेछ’ « Khabarhub

काठमाडौँमा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता, मन्त्री पोखरेलले भने, ‘यमबुद्ध पार्क सोचेजस्तै बनेछ’


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकामा हुँदा आफूहरूले यमबुद्ध पार्क सोचे जस्तो बनाएको बताएका छन् ।

यसले स्केटिङ तथा स्केटबोर्डिङ खेललाई उचाइमा पुर्‍याउन मद्दत पुग्ने पनि उनले बताएका छन् ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको आइतबार उद्घाटन गर्दै उनले खुला सार्वजनिक जग्गामा यस्ता स्केटबोर्ड मैदान बनाएर खेलको विकास गर्ने अभियानमा सरकार रहेको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको-५ मा हाँडीगाउँ पहेँलो पुलनजिकै बनेको यमबुद्ध पार्क निर्माणले आफू उत्साहित भएको उल्लेख गर्दै मन्त्री पोखरेलले यसको सदुपयोग गर्न पनि स्थानीयलाई आग्रह गरे।

यस प्रतियोगितामा देशभरबाट १५० पुरुष र १०० महिला खेलाडी सहभागी छन् । दुई दिने प्रतियोगितामा पहिलो दिन शनिबार छनोट चरणका खेल भए। आइतबार दोस्रो दिन उत्कृष्ट खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा स्केटबोर्डिङको ‘फ्री स्टाइल’ विधामा प्रतिस्पर्धा भइरहेको छ । आयोजकका अनुसार उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘बेस्ट ट्रिक’ र ‘बेस्ट रन’ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताबाट ‘स्केटबोर्डर अफ द इयर’ समेत घोषणा गरिने आयोजकले जनाएको छ ।

पुरुष तथा महिला सिनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपियाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै जुनियर पुरुष तथा महिला समूहमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपियाँ नगद पुरस्कार पाउने संघका अध्यक्ष अच्युत खनालले बताए ।

राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाडौंमा आयोजना भइसकेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ३ : २६ बजे

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक