हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक « Khabarhub

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज जलघाँटीमा अमेरिकी नेतृत्वको सुरक्षा प्रयासमा योगदान गर्ने विकल्पबारे विचार गरिरहेको राष्ट्रपति कार्यालयले जनाएको छ। यद्यपि, यस विषयमा अहिलेसम्म कुनै ठोस निर्णय नभएको कार्यालयले स्पष्ट पारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी युद्धमा सहयोग गर्न दक्षिण कोरियामाथि पटक–पटक दबाब दिँदै आएका छन् । यसअघि सियोलले हर्मुज जलघाँटीको सुरक्षाका लागि सैन्य सहयोग गर्न अमेरिकाले गरेको आग्रह अस्वीकार गर्दै आएको थियो।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार सम्भावित योगदानका रूपमा प्रत्यक्ष लडाइँमा सहभागिता, गैरलडाकू भूमिका तथा खोज तथा उद्धार अभियानलगायत विकल्पबारे छलफल भइरहेको छ। यद्यपि, यी विकल्प प्रारम्भिक छलफलका क्रममा प्रस्तुत गरिएका सामान्य सम्भावना मात्र रहेको र वास्तविक योगदानको स्वरूपबारे निर्णय नभएको कार्यालयले जनाएको छ।

स्थानीय प्रसारक जेटीबीसीले दक्षिण कोरियाले हर्मुज जलघाँटीमा सेना पठाउने विषयमा समेत विचार गरिरहेको जनाएको छ। त्यसका लागि संसद्को स्वीकृति लिनुअघि सम्भावित सैन्य भूमिकासहितका विवरणको समीक्षा गर्ने तयारी भइरहेको प्रसारकले जनाएको छ।

अमेरिका र इजरायलले करिब छ महिनाअघि इरानविरुद्ध युद्ध सुरु गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगी मुलुकबाट सैन्य तथा सुरक्षा सहयोग जुटाउने प्रयास तीव्र पारेका छन्।

रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलघाँटीमाथि इरानको नियन्त्रण रहेको छ। विश्वको ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण समुद्री मार्गमध्ये एक मानिने उक्त जलघाँटीलाई लिएर अमेरिका र इरानबीच तनाव बढ्दै गएको छ। 

यसैबीच, वासिङ्टनले इरानी बन्दरगाहमाथिको नाकाबन्दी थप कडा बनाउँदै आएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  १० : १६ बजे

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई