सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन् « Khabarhub

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्


३१ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई लिएर तिखो टिप्पणी गरेका छन् ।

आइतबार विराटनगरमा आयोजित कांग्रेसको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह डर पालेर बसिरहेको बताएका छन् ।

‘प्रधानमन्त्री स्वयम् डरले संसद्मा जवाफ दिन सक्दैनन्, विपक्षीले पटक पटक आवाज उठाउँदा पनि जवाफ दिन आउँदैनन्’, उनले भने, ‘स्पष्टीकरण दिन पनि साथीलाई पठाउँछन्।’

उनले नेपालको संविधानमा प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्छ भनिएको स्मरण गराए । ‘तर उनी (वालेन्द्र) संसद्लाई मान्दैनन्। बेवास्ता गरेर बसिरहेका छन्’, उनले भने ।

सिटौलाले राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइको सरकार चलाए पनि देशमा अझै अस्थिरता र जटिलता बढ्न सक्ने चेतावनी दिए । ‘देशमा अझै पनि भदौको जस्तै भाँडभैलो हुन सक्ने सम्भावना छ । देशमा अझै पनि जटिलता र अस्थिरता बढ्न सक्छ’, उनले भने ।

त्यस्तो अवस्था आउन नदिन कांग्रेसले नयाँ जागरण अभियान सुरु गर्नुपर्ने आवश्यकता उनले औंल्याए। २००७ सालको प्रजातान्त्रिक आन्दोलनताका जस्तै साहस, प्रतिबद्धता र जनतासँगको सम्बन्ध पुनर्स्थापित गर्न सके मात्रै वर्तमान समस्याको समाधान सम्भव हुने उनले बताए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ४ : २७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली