सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन् « Khabarhub

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई लिएर तिखो टिप्पणी गरेका छन् ।

आइतबार विराटनगरमा आयोजित कांग्रेसको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह डर पालेर बसिरहेको बताएका छन् ।

‘प्रधानमन्त्री स्वयम् डरले संसद्मा जवाफ दिन सक्दैनन्, विपक्षीले पटक पटक आवाज उठाउँदा पनि जवाफ दिन आउँदैनन्’, उनले भने, ‘स्पष्टीकरण दिन पनि साथीलाई पठाउँछन्।’

उनले नेपालको संविधानमा प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्छ भनिएको स्मरण गराए । ‘तर उनी (वालेन्द्र) संसद्लाई मान्दैनन्। बेवास्ता गरेर बसिरहेका छन्’, उनले भने ।

सिटौलाले राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइको सरकार चलाए पनि देशमा अझै अस्थिरता र जटिलता बढ्न सक्ने चेतावनी दिए । ‘देशमा अझै पनि भदौको जस्तै भाँडभैलो हुन सक्ने सम्भावना छ । देशमा अझै पनि जटिलता र अस्थिरता बढ्न सक्छ’, उनले भने ।

त्यस्तो अवस्था आउन नदिन कांग्रेसले नयाँ जागरण अभियान सुरु गर्नुपर्ने आवश्यकता उनले औंल्याए। २००७ सालको प्रजातान्त्रिक आन्दोलनताका जस्तै साहस, प्रतिबद्धता र जनतासँगको सम्बन्ध पुनर्स्थापित गर्न सके मात्रै वर्तमान समस्याको समाधान सम्भव हुने उनले बताए ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ४ : २७ बजे

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक