कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन  « Khabarhub

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । दैलेखकी शाहको यो पहिलो उपन्यास हो । शाहले समग्र कर्णालीमा महिलाका कथालाई यो उपन्यायमार्फत एक विद्रोह गरेकी छिन् । 

साहित्यकारहरू कृष्ण धरावासी, उमा सुवेदी, प्रेम कैदी, टीकाराम यात्रीलगायतले सामूहिक रूपमा उपन्यास विमोचन गरे । उपन्यास अक्षर आँगन प्रकाशन गृहले प्रकाशित गरेको हो । पर्यटन बोर्डको हलमा आयोजित विमोचन कार्यक्रमपछि उक्त उपन्यासमाथि विमर्श पनि गरिएको थियो । 

पत्रकार टीकाराम यात्रीको सहजीकरणमा साहित्यकार कृष्ण धरावासी र समालोचक उमा सुवेदीसँगै उपन्यासकी लेखक शाहबीच उपन्यासका विभिन्न आयामबारे विमर्श भयो । 

यो उपन्यासको भूमिकासमेत लेखेका साहित्यकार धरावासीले आफूले यो तहको महिलाको पीडाबारे कल्पनासमेत नगरेको उल्लेख गरे । 

उनले शाहको पहिलो कृति भए पनि लेखन, भाषा र कथानकका दृष्टिले उपन्यास राम्रो रहेको बताए । उनले सबैले सुनेको कर्णालीभन्दा यो उपन्यासले कर्णालीलाई एक फरक पहिचान दिनसक्ने बताए । 

समालोचक उमा सुवेदीले स्वैरकल्पनामा लेखिएको यो उपन्यासमा यथार्थततालाई पनि सन्तुलनमा राखिएको बताइन् । उनले महिला केन्द्रित यो उपन्यासले महिलाका संघर्षबारे नयाँ आयाम देखाएको बताइने । उनले खास गरी यो उपन्यास राज्यका नीति निर्माण तहका बसेका व्यक्तिले पढ्नुपर्नेसमेत उल्लेख गरिन् । 

लेखक शाहले आफूले जागिरे जीवनमा भेट भएका महिलाहरूको अवस्था देखेर यो उपन्यास लेख्ने सोच बनाएको उल्लेख गरिन् । उनले आफूले उपन्यासका माध्यमबाट अहिले पनि महिलाले कस्तो संघर्ष गर्नुपरेको छ भन्ने देखाउन खोजेको बताइन् ।  

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ४ : ४१ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको