भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ? « Khabarhub

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो एसिस्टेन्स रेफ्री (भीएआर) ले फिफालाई तनाव भएको छ।

विश्व फुटबल महासंघ (फिफा)ले स्विट्जरल्यान्डलाई पेनाल्टी दिएको निर्णयमा स्पष्टीकरण दिँदै ‘प्राविधिक समस्या’का कारण भीएआरले ग्राफिक्स नदेखिएको जनाएको छ।

फिफाले शनिबार कतार र स्विट्जरल्यान्डबीच भएको १–१ को बराबरी खेलमा देखिएको भिडियो सहायक रेफ्री (भीएआर) सम्बन्धी विवाद ‘प्राविधिक समस्या’ का कारण भएको जनाएको छ।

स्विट्जरल्यान्डलाई खेलको १४औँ मिनेटमा पेनाल्टी प्रदान गरिएको निर्णयपछि विवाद उत्पन्न भएको थियो। कतारी खेलाडी महमुद अबुनादाले रेमो फ्रयुलरलाई फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए, जसलाई ब्रिल एम्बोलोले गोलमा परिणत गरे।

तर पेनाल्टी हुनुअघि फ्रयुलर र एम्बोलो अफसाइडमा थिए वा थिएनन् भन्ने विषयमा भीएआर जाँच गरिए पनि सामान्यतया देखाइने थ्री–डी एनिमेसन ग्राफिक्स प्रसारणमा देखाइएको थिएन।

टेलिभिजन रिप्लेबाट पनि स्पष्ट निष्कर्ष ननिस्किएपछि समर्थक र विश्लेषकहरूले उक्त निर्णयमाथि प्रश्न उठाएका थिए।

फिफाले सामाजिक जारी गरेको वक्तव्यमा खेलका क्रममा छोटो समयको प्राविधिक अवरोधका कारण अफसाइड पुष्टि गर्ने एनिमेसन ग्राफिक्स तयार हुन नसकेको जनाएको छ। फिफाले उक्त समस्या छिट्टै समाधान गरिएको जनाएको छ।

फिफाले भीएआरद्वारा कोरिएका रेखासहितका केही तस्बिर सार्वजनिक गर्दै फ्रयुलर र एम्बोलो दुवै अफसाइडमा नरहेको दाबी गरेको छ। यद्यपि उक्त थ्री–डी ग्राफिक्स भने सार्वजनिक गरिएको छैन।

वक्तव्यमा ‘यस समस्याले भीएआरको कार्यप्रणालीमा कुनै असर पारेन र मैदानमा भएको निर्णयको नियमित प्रक्रियाअनुसार जाँच गरिएको थियो’ भनिएको छ।

बेलायती टेलिभिजन आईटीभीका विश्लेषक ग्यारी नेभिलले फिफाको आलोचना गर्दै निर्णयमा पारदर्शिताको अभाव रहेको बताए। उनले ‘फिफासँग स्वचालित निर्णयको प्रमाण छ भने किन सार्वजनिक गर्दैन ? समर्थकहरूमा अविश्वास बढिरहेको छ’ भन्दै प्रश्न उठाए।

अर्का विश्लेषक इयान राइटले पनि फिफामाथि टिप्पणी गर्दै भने, ‘उनीहरू आफूले चाहेको जस्तो गर्छन्, यो निकै विवादास्पद विषय हो ।’

फिफाको उक्त विवादित निर्णयबीचच खेलको इन्जुरी समयमा कतारले गोल फर्काएपछि खेल १–१ को बराबरीमा सकिएको थियो।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ५ : २२ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता