एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’ « Khabarhub

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल र उपमहासचिव योगेशकुमार भट्टराईलाई पार्टीका चुनौती र संकटको सामूहिक रूपमा सामना गर्दै नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेकी छन्।

पोखरेल र भट्टराईको तस्वीर सामाजिक सञ्जालमा राखेर लेखेको लामो सन्देशमा झाँक्रीले देश, पार्टीका सदस्य तथा मतदाताले दुवै नेतातर्फ आशाका साथ हेरिरहेको उल्लेख गरेकी छन्।

उनले वर्तमान नेपाली समाजका चुनौती, त्यसको समाधान र पार्टीको दृष्टिकोणलाई एकरूप बनाउनुपर्ने आवश्यकता औंल्याउँदै नेताहरूलाई जनतामाझ पुगेर पार्टीलाई समयानुकूल अद्यावधिक गर्न आग्रह गरेकी छन्।

यसका साथै, समस्याको समाधानका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहमत गराउने वा अध्यक्षको विचारसँग सहमत भएर अघि बढ्नुपर्ने सुझाव पनि दिएकी छन्।

झाँक्रीले पार्टीभित्रको समस्याको केन्द्र केवल अध्यक्ष ओली मात्र नभएको उल्लेख गर्दै संगठनभित्र र बाहिर दुवैतर्फ अनेक चुनौती रहेको बताएकी छन्।

उनले ती समस्याको वस्तुपरक विश्लेषण पार्टीको दर्शन, सिद्धान्त, विचार र राजनीतिक दृष्टिकोणका आधारमा गर्नुपर्नेमा जोड दिएकी छन्।

उनले पुराना बोझ र पूर्वाग्रह त्यागेर नयाँ ढंगले सोच्न आग्रह गर्दै अध्यक्ष ओलीलाई साथमै लिएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

शंकर पोखरेलको विश्लेषण र अध्यक्ष ओलीको दृष्टिकोणबीच तात्विक भिन्नता नरहेको उल्लेख गर्दै एकअर्कालाई दोषारोपण गर्ने होइन, सामूहिक कमजोरी स्वीकार गर्दै समाधान खोज्ने वातावरण बनाउनुपर्ने बताएकी छन्।

एमालेमा पुनः फर्किएपछि आफूलाई कार्यकर्ता पंक्तिले निकै सम्झिने गरेको अनुभव पनि साट्दै झाँक्रीले पार्टीभित्र सबैको आफ्नै महत्व रहेको उल्लेख गरेकी छन्।

सन्देशको अन्त्यमा उनले ‘दाइहरू, तपाईंहरू दायाँबायाँ नगर्नुस्’ भन्दै संकटको सामना एकताबद्ध भएर गर्नुपर्ने सुझाव दिएकी छन्।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ६ : ०६ बजे

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८