रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड « Khabarhub

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान गर्न बाजुरास्थित राजनीतिक दलका शीर्ष नेता एकजुट भएका छन् ।

हुम्लाका स्थानीयले सीमा विवाद देखाएर बाजुरालीमाथि घरमै आक्रमण गर्ने, बसोबासस्थल जलाउने र पर्यटकलाई समेत लखेट्ने कार्य तत्काल रोकी शान्तिपूर्ण समाधान खोज्न नेताहरू जुटेका हुन् ।

उक्त विवादमा दुवै जिल्लाका स्थानीयले सडक बन्ददेखि प्रशासन कार्यालय घेराउसम्म गर्दै आएका थिए। तर अब उक्त कार्य रोकेर संवाद र सहकार्य गर्दै कानुनी रुपमै समस्या समाधान गर्नेबारे शीर्ष नेताबीच छलफल भएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री कर्णबहादुर थापाका अनुसार काठमाडौंमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका नेताहरूले सामूहिक रुपमा जुटेर समाधान प्रयास थालेका छन् ।

नेताहरूको बैठकले हिमाली गाउँपालिका–३ का बासिन्दामाथि भएको कुटपिट, हुलहुज्जत र आगजनी घटनामा संलग्नलाई तत्काल कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

घाइतेहरूको उपचार तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरिने भएको थापाले बताए ।

रानीसैन क्षेत्रमा स्थायी रूपमा सुरक्षा व्यवस्था मजबुत बनाउन नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उपस्थितिलाई थप प्रभावकारी बनाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ।

हाल विवादित भनिएको बाजुराको लाम्पाटा क्षेत्रमा प्रदेश सरकार र संघीय सरकारको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्प राखिएको छ ।

सीमा विवाद सम्बन्धमा नेपाल सरकारले गठन गरेको अध्ययन कार्यदललाई ऐतिहासिक तथ्य, तथ्यांक र प्रमाण उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ ।
यसका साथै, बाजुरा र हुम्लाका जनताबीच वैमनस्यता फैलाएर स्वार्थ पूरा गर्न खोज्नेहरूको प्रभावमा नपर्न दुवै जिल्लावासीलाई अपिल गरिएको छ ।

बैठकले संवाद र सहकार्यबाट मात्रै समस्या समाधान सम्भव रहेको निष्कर्ष निकाल्दै सम्बन्धित सबै पक्षसँग वार्ता गरी शान्तिपूर्ण समाधानको पहल गर्ने प्रतिबद्धता जनाएको छ।

रानीसैन क्षेत्रसँग सम्बन्धित विषयमा सरकार तथा सरोकारवालासँग समन्वय गर्न प्रतिनिधिसभा सदस्य जनकराज गिरी, एमाले केन्द्रीय सदस्य नरेश रोकाया, रास्वपाका नेता तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य राजबहादुर गिरीलाई जिम्मेवारी तोकिएको छ ।

बैठकमा प्रतिनिधिसभा सदस्य जनकराज गिरी, पूर्वमन्त्रीद्वय कर्णबहादुर थापा र बद्रीप्रसाद पाण्डे, पूर्वसांसदहरू हिक्मतबहादुर शाही र दयालबहादुर शाही, संविधानसभा सदस्य पेम्बा भोटे गुरुङ, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य राजबहादुर गिरी, कांग्रेसका सभापति रामसिंह रावल, एमाले केन्द्रीय सदस्य सहदेव बोगटी, नरेश रोकाया तथा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओली सहभागी थिए ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ६ : १७ बजे

अर्थमन्त्री भन्छन् : नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो तोड्छौँ

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत १०–१५ वर्षदेखि देश निहित

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान