बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने « Khabarhub

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित क्षेत्रमा अनुमति नलिई अनधिकृत रूपमा ड्रोन नउडाउन आग्रह गरेको छ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोट लगायतका जिल्लामा स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई ड्रोन उडाएको पाइएकाले त्यसमा रोक लगाइएको जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, गृह मन्त्रालय र निजी क्षेत्रका हेलिकप्टरहरू खोज तथा उद्धारका लागि पूर्ण क्षमतामा निरन्तर परिचालन भइरहेकाले अनधिकृत ड्रोन उडानले हवाई सुरक्षामा गम्भीर जोखिम सिर्जना गरेको प्राधिकरणको भनाइ छ।

“मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५” बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन सकिने सूचनामा उल्लेख छ।

अनुमति नलिई ड्रोन उडाएमा वा उद्धार कार्यमा बाधा पुर्‍याएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी उपसचिव राम बहादुर के.सी. द्वारा जारी सूचनामा दिइएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ९ : ३१ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै