अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको « Khabarhub

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको केन्द्र बन्ने गर्छन्। टर्की र अष्ट्रेलियाबीचको खेलपछि यस्तै एक समर्थक सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। उनी हुन् उडी नेको (वास्तविक नाम : नेक्डेट ओल्कर्यान)।

उडी नेको टर्कीको प्रसिद्ध क्लब बेसिक्तास जे.के. र टर्की राष्ट्रिय टोलीका कट्टर समर्थक हुन्। खेलका क्रममा दर्शकदीर्घामा उनको अनौठो पहिरन र रंगीन अनुहारले विश्वभरका फुटबल समर्थकहरूको ध्यान खिचेको थियो।

मैदानमा आउनुअघि हंगेरियन समाचार पोर्टल टेलेक्सका अनुसार उनले आफ्नो अनुहार पूरै कालो रंगले पोतेका । कपाल र दाह्रीलाई सेतो रंगले रंग्याए। यो शैली उनले बेसिक्तास क्लबका परम्परागत कालो र सेतो रंगप्रतिको समर्थन जनाउन अपनाएका हुन्।

उडी नेको टर्कीको राष्ट्रिय सैन्य–प्रहरी निकाय टर्किस जेन्डारमेरीका पूर्व सदस्यसमेत हुन्। उनले बेसिक्तासका अध्यक्ष हस आर्टसँग पनि भेट गरिसकेका छन्।
सामाजिक सञ्जालमा उनको ठूलो प्रभाव छ, उनी प्रायः बेसिक्तास र टर्की राष्ट्रिय टोलीका खेलहरूमा देखिने गर्छन्।

यता विश्वकपमा टर्कीले भने सुखद सुरुआत गर्न सकेन। समूह चरणको पहिलो खेलमा टर्की अष्ट्रेलियासँग २–० ले पराजित भयो।

खेलअघि टर्कीका युवा स्टार आर्डा ग्युलरमाथि धेरैको नजर थियो। तर खेलमा अष्ट्रेलियाको युवा आक्रमण पंक्तिले फरक प्रभाव छोड्यो।

अष्ट्रेलियाले प्रतिरक्षात्मक रणनीति अपनाउँदै तीव्र काउन्टर आक्रमणमा जोड दिएको थियो। मोहम्मद टाउरे र नेस्टोरी ट्रान्कुन्दाको गतिले टर्कीको रक्षा पंक्तिलाई निरन्तर दबाबमा राख्यो।

खेलको २७औँ मिनेटमा इरानकुन्डाले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे। यो उनको अन्तर्राष्ट्रिय करिअरको छैटौँ गोल थियो।

२० वर्षीय इरानकुन्डालाई अष्ट्रेलियाको उज्ज्वल भविष्यका रूपमा हेरिन्छ। टर्कीको हारसँगै समर्थक उडी नेकोको अनौठो शैली भने खेलभन्दा बढी चर्चामा आएको छ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ६ : ४४ बजे

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न