देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु « Khabarhub

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दाङको राप्ती गाउँपालिकामा ट्रकको ठक्करबाट पैदलयात्री अन्दाजी ६५ वर्षीया चुरिया चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी चौधरीको भालुबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै ललितपुर महानगरपालिका-१३ थसिखेल चोकस्थित सडकमा आज बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भक्तपुर लोकन्थलीकी २३ वर्षीया सोनु गडालको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी गडालको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

दाङबाट सल्यानतर्फ जाँदै गरेको बसले सल्यानको शारदा नगरपालिका-१ श्रीनगरस्थित सडकमा ठक्कर दिँदा पैदलयात्री छत्रेश्वरी गाउँपालिका ७ बस्ने ४६ वर्षीया उमा रेउलेको आज मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी रेउलेको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको  छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ७ : ३३ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित