अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर « Khabarhub

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर सवार हेलिकोप्टरले अनुमति बिना नेपालको आकाश प्रवेश गरेकाे छ ।

उक्त हेलिकोप्टर गत मंगलबार दार्चुलाको आकाश हुँदै कालापानी क्षेत्रको गुञ्जीतर्फ गएको बताइएको छ। हेलिकोप्टर नेपाली भूमिमा अवतरण भने गरेको थिएन ।

अन्तर्राष्ट्रिय नियमअनुसार कुनै पनि देशको विमान वा हेलिकोप्टरले अर्को देशको हवाई क्षेत्र प्रयोग गर्नुअघि अनुमति लिनुपर्छ । अनुमति बिना गरिएको प्रवेशलाई हवाई क्षेत्र उल्लंघन मानिन्छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भारतीय प्रशासनसँग यस विषयमा मौखिक रूपमा कुरा भइसकेको जानकारी दिए । आवश्यकता परे औपचारिक पत्राचारसमेत गरिने उनले बताए ।

‘हेलिकोप्टर नेपाली भूमिमा बसेको छैन। तर नेपाली आकाश प्रयोग गरेको देखिन्छ। यसबारे भारतीय पक्षलाई जानकारी गराएका छौं,’ पौडेलले भने।

प्रशासनका अनुसार उक्त दिन मौसम सामान्य थियो । उडान मार्ग परिवर्तन गर्नुपर्ने कुनै विशेष कारण देखिएको थिएन । साथै भारतीय पक्षबाट उडानबारे कुनै पूर्वजानकारी पनि दिइएको थिएन ।

यस विषयमा पिथौरागढस्थित भारतीय प्रशासनसँग थप जानकारी माग्ने तयारी भइरहेको छ । दार्चुला क्षेत्रमा भारतीय हेलिकोप्टरले नेपाली आकाश प्रयोग गरेको घटना नयाँ भने होइन। यसअघि पनि यस्ता घटना सार्वजनिक भएपछि नेपाल सरकारले भारतलाई कूटनीतिक रूपमा ध्यानाकर्षण गराएको थियो।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ९ : २४ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित