अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर « Khabarhub

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर


३१ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर सवार हेलिकोप्टरले अनुमति बिना नेपालको आकाश प्रवेश गरेकाे छ ।

उक्त हेलिकोप्टर गत मंगलबार दार्चुलाको आकाश हुँदै कालापानी क्षेत्रको गुञ्जीतर्फ गएको बताइएको छ। हेलिकोप्टर नेपाली भूमिमा अवतरण भने गरेको थिएन ।

अन्तर्राष्ट्रिय नियमअनुसार कुनै पनि देशको विमान वा हेलिकोप्टरले अर्को देशको हवाई क्षेत्र प्रयोग गर्नुअघि अनुमति लिनुपर्छ । अनुमति बिना गरिएको प्रवेशलाई हवाई क्षेत्र उल्लंघन मानिन्छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भारतीय प्रशासनसँग यस विषयमा मौखिक रूपमा कुरा भइसकेको जानकारी दिए । आवश्यकता परे औपचारिक पत्राचारसमेत गरिने उनले बताए ।

‘हेलिकोप्टर नेपाली भूमिमा बसेको छैन। तर नेपाली आकाश प्रयोग गरेको देखिन्छ। यसबारे भारतीय पक्षलाई जानकारी गराएका छौं,’ पौडेलले भने।

प्रशासनका अनुसार उक्त दिन मौसम सामान्य थियो । उडान मार्ग परिवर्तन गर्नुपर्ने कुनै विशेष कारण देखिएको थिएन । साथै भारतीय पक्षबाट उडानबारे कुनै पूर्वजानकारी पनि दिइएको थिएन ।

यस विषयमा पिथौरागढस्थित भारतीय प्रशासनसँग थप जानकारी माग्ने तयारी भइरहेको छ । दार्चुला क्षेत्रमा भारतीय हेलिकोप्टरले नेपाली आकाश प्रयोग गरेको घटना नयाँ भने होइन। यसअघि पनि यस्ता घटना सार्वजनिक भएपछि नेपाल सरकारले भारतलाई कूटनीतिक रूपमा ध्यानाकर्षण गराएको थियो।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ९ : २४ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा