देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा « Khabarhub

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको भन्दै यो अवसर गुमाउन नहुने बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सानेपामा आयोजना गरेको ‘सुवर्णशमशेर इकोनोमिक कार्यक्रम’ अन्तर्गत ‘बजेटले लिएको दिशा र आम अपेक्षा’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्।

थापाले अहिलेको बजेट अनुकूल राजनीतिक परिस्थितिमा आएको भए पनि संरचनागत समस्याको समाधानमा पर्याप्त केन्द्रित हुन नसकेको बताए । सरकारले सुधारका केही एजेन्डा अघि बढाएको उल्लेख गर्दै उनले थप प्रभावकारी सुधारको आवश्यकता रहेको बताए ।

उनले सुवर्णशमशेर राणाको योगदान स्मरण गर्दै विर्ता उन्मूलन, बजेट प्रणालीको व्यवस्थापन र आर्थिक सुधारका क्षेत्रमा राणाले महत्वपूर्ण भूमिका खेलेको बताए। साथै, २०४८ सालपछिको सरकारले विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय सुधार ल्याएको पनि उनले स्मरण गरे ।

थापाले संसद्मा बजेटमाथिको छलफल क्रममा सांसदहरूले क्रमिक र संरचनागत सुधारका विषयमा गम्भीर बहस गर्नुपर्ने बताए । अध्यादेशमार्फत गरिएका सुधारको प्रभावकारिता र कार्यान्वयन अवस्थाबारे पनि समीक्षा आवश्यक रहेको उनको भनाइ थियो ।

कर नीतिबारे टिप्पणी गर्दै उनले सरकारले सामान्य र मध्यम वर्गमाथि थप करको भार पारेको आरोप लगाए । निजी विद्यालय, स्वास्थ्य सेवा तथा विद्युत् उपभोगमा कर बढाइएको भन्दै उनले यसले मध्यम वर्गलाई असर गर्ने बताए ।

कृषि क्षेत्रका साना किसानलाई बजेटले पर्याप्त सम्बोधन गर्न नसकेको पनि उनले बताए। उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा बजेट प्रभावकारी नभएको उनको धारणा थियो। सूचना प्रविधि र भूमि बैंकजस्ता क्षेत्रमा पनि सरकारले पर्याप्त ध्यान दिन नसकेको उनले बताए।

थापाले कांग्रेसले सही नीतिलाई समर्थन र गलत नीतिको विरोध गर्ने स्पष्ट गरे। परिणामका आधारमा सरकारका कामको मूल्याङ्कन गरिने उनको भनाइ थियो।

कार्यक्रममा अर्थविद् डा। सेमन्त दाहालले बजेटले अपेक्षित संरचनागत आर्थिक परिवर्तन गर्न नसकेको बताए। कम्पनी कानुनमा केही सकारात्मक संशोधनको प्रयास भए पनि प्रशासनिक झन्झट हटाउन पर्याप्त काम नभएको उनको भनाइ थियो।

अर्थशास्त्री प्रा। विनयप्रसाद कुसियतले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने खालको बजेट नआएको बताए। उनले उच्च शिक्षा, प्राविधिक शिक्षा र अनुसन्धान क्षेत्रमा बजेट घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

अर्थशास्त्री सरस्वती ढकालले बजेट कार्यान्वयनमा चुनौती रहेको बताइन्। ऋणको उच्च हिस्सा, कमजोर लगानी वातावरण र कार्यान्वयन पक्षको कमजोरीका कारण बजेटका लक्ष्य हासिल गर्न कठिन हुने उनको भनाइ थियो।

चार्टर्ड एकाउन्टेन्ट उमेशराज पाण्डेले आयकरसम्बन्धी हालैका व्यवस्थाले आर्थिक क्षेत्रमा असर पार्न सक्ने बताए। बजेटमा घोषणा गरिएका केही विषय आर्थिक ऐनमा समावेश नभएको उनको भनाइ थियो।

यस्तै, प्रा। डा। गोविन्दराज पोखरेलले राजस्व सङ्कलन अपेक्षाभन्दा कम रहेको भन्दै सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न चुनौती रहेको बताए।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  १० : १४ बजे

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि