फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ? « Khabarhub

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा टोली घर फर्किसकेका छन् । अब बाँकी चार टाेली- फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ग्ल्याण्ड छन् । अब यी टोलीमा लगातार जसले दुई जित निकाल्छ, त्यही च्याम्पियन बन्नेछ ।

यो पटक रोचक संयोग पनि परेको छ । फिफा वरीयताका शीर्ष चार टोली नै विश्वकपको सेमिफाइनलमा छन् । यी सबै टोलीले विगतमा पनि विश्वकपको ट्रफी उचाली सकेका छन् । त्यहीकारण सबै टोली उपाधिका बलिया दाबेदार पनि हुन् ।

फिफा वरीयताको शीर्ष स्थानमा रहेको फ्रान्सले तेस्रो स्थानको स्पेनसँग खेल्दैछ भने दोस्रो स्थानमा रहेको अर्जेन्टिना चौथो स्थानमा रहेको इङ्ग्ल्याण्डसँग भिड्दैछ । यी दुई सेमिफाइनमा हार्ने टिम उपाधि होडबाट बाहिरिनेछ । तेस्रो र चौथो स्थानका लागि पराजित दुई टोली आमनेसामने हुनेछन् ।

यी दुईको खेलको विजेता–विजेता उपाधिका लागि भिड्ने छन् । ‘कस्ले जित्ला ?’ यही जवाफ थाहा पाउन विश्वकपका दर्शक तीव्र प्रतीक्षामा छन् ।

कस्ता छन् टिमहरू ?
अर्जेन्टिना

साविक विजेता टोली लियोनल मेसीको भरमा खेलिरहेको छ । यो टोलीले फिफा वरीयतामा १५ स्थानभन्दा तल रहेका कमजोर टोलीसँग मात्रै सामना गरेको छ । सेमिफाइनलमा भने यो टोलीले हालसम्मकै बलियो टोली इङ्ग्ल्याण्डको सामना गर्दैछ ।

केप भर्डे र इजिप्टजस्ता कमजोर मानिएका टोलीसँग पनि अर्जेन्टिनाले सहज जित निकाल्न सकेन । तर, नाटकीय जित निकाल्न वा खेलको अन्तिममा गोल गर्ने कन्फिडेन्स यो टोलीमा छ ।

मेसीले उच्च लय देखाए र रक्षापङ्क्तिसँगको तालमेल मिले इङ्ग्ल्याण्डविरुद्ध अगाडि बढ्न सक्छ । मेस्सी नचलेको अवस्थामा यो टिमलाई गाह्रो छ । तर, अर्जेन्टिनाले अहिलेसम्म सेमिफाइनल हारेको रेकर्ड भने छैन ।

स्पेन

जारी विश्वकपका विगतका खेल हेर्दा स्पेन सबैभन्दा शक्तिशाली रक्षा पङ्क्ति भएको टोली हो । स्पेनले मजबुत र संगठित डिफेन्स प्रस्तुत गर्दै आएको छ ।

यो टोलीले बल नियन्त्रण राख्ने खुबी पनि देखाएको छ । यो टोलीको एट्याकिङ भने कमजोर मानिन्छ । गोल गर्ने अवसर धेरै बनाए पनि स्पेनको फिनिसिङमा समस्या देखिन्छ।

तथापि, लामिन यामाल, निको विलियम्स र मिकेल ओयारजाबाललाई रोक्न विपक्षी डिफेन्डरलाई सहज छैन ।

फ्रान्सजस्तो तीव्र काउन्टर-अट्याक गर्ने टोलीसँग स्पेनको डिफेन्सले काम गर्ला ? यसको जवाफ पाउन खेलको अन्तिम मिनेटसम्म कुर्नैपर्छ ।

इङ्ग्ल्याण्ड

सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिना जस्तो हेभिवेट टोलीसँग भिड्न पर्ने अवस्था आउनु नै यो टोलीको ब्याडलक हो । सुखद कुरा अर्जेन्टिना पनि डरलाग्दो फर्ममा छैन ।

स्टार खेलाडीहरूसँगको समाना गर्दा यो टोली नर्भस हुन सक्छ । तथापि, यो टोलीसँग ह्यारि केन जस्ता अनुभवी फिनिसर छन् ।

जुड बेलिङ्घमले मिडफिल्डबाट खेल नियन्त्रण राख्दै निर्णायक गोल गर्ने क्षमता राख्छन् । डिफेन्समा पनि टोली कमजोर छैन र तथापि, अर्जेन्टिनाका लागि इङ्ग्ल्याण्ड सहज टोली होइन ।

फ्रान्स

फ्रान्सलाई यो पटक विश्वकपको सबैभन्दा बलियो दाबेदारका रुपमा नै हेरिएको छ । फ्रान्सले सबै खेल आफ्नो नियन्त्रणमा राख्दै सहज जित निकालेको छ ।

अट्याकमा किलियन एम्बाप्पे, माइकल ओलिसे, उस्मान डेम्बेले, डिजिरे डुए र ब्राड्ली बारकोलाजस्ता खेलाडी छन् । काउन्टर एट्याक पनि टोलीको राम्रो छ । तीव्र गतिको खेल यो टोलीको विशेषता हो ।

डिफेन्समा पनि टोली लयमै छ । विश्लेषकहरूले यही टोलीलाई विजेता हुने अनुमानमा छन् ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ७ : ५१ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि