इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी « Khabarhub

इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार तेस्रो रात पनि शक्तिशाली हवाई आक्रमण जारी राखेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्ट्रकम) का अनुसार रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको हर्मुज जलमार्गमा व्यावसायिक जहाजको सुरक्षा गर्ने र इरानी सैन्य क्षमतालाई कमजोर बनाउने उद्देश्यले यो आक्रमण गरिएको हो।

इरानी सञ्चारमाध्यमका अनुसार किश, जाम, कस्म जस्ता टापुका साथै बुसेहर र बन्दर अब्बास क्षेत्रमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन्। यता, इरानले पनि प्रतिकार गर्दै कुवेतमा रहेका अमेरिकी सैन्य अखडा र अमेरिकी सेनाको ‘जहाज’ माथि आक्रमण गरेको दाबी गरेको छ।

यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई) ले जलसन्धिमा इरानी मिसाइल प्रहारबाट आफ्नो एउटा तेल ट्याङ्करमा क्षति पुगेको र एक जनाको मृत्यु भएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कारबाही भइरहेको पुष्टि गर्दै अब इरानभित्रै रहेको भूमिगत आणविक केन्द्रलाई समेत निसाना बनाउन सक्ने चेतावनी दिएका छन्। ट्रम्पले ‘पिकएक्स माउन्टेन’ भनिने इरानको सुदृढ आणविक केन्द्रलाई ध्वस्त पार्ने संकेत गरेसँगै युद्ध थप भयानक मोडमा पुग्ने खतरा बढेको छ।

युद्धविराम भङ्ग भएपछि अमेरिकी सेना इरानको भित्री भूभागतर्फ केन्द्रित हुन लागेको यो पहिलो पटक हो। राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहमा पुनः ‘नौसैनिक नाकाबन्दी’ लगाउने र अमेरिका हर्मुज मार्गको ‘अभिभावक’ बन्ने घोषणा गरेपछि इरानी सेनाले पनि कडा चेतावनी दिएको छ।

इरानले उक्त अन्तर्राष्ट्रिय जलमार्गको व्यवस्थापनमा अमेरिकालाई कुनै पनि किसिमको ‘हस्तक्षेप’ गर्न नदिने स्पष्ट पारेको छ। सेन्ट्रकमका अनुसार पछिल्ला आक्रमणमा इरानका तटीय सुरक्षा चौकी, हवाई आक्रमणबाट बच्न बनाइएका बङ्कर र हर्मज जलसन्धि भएर गुड्ने जहाजलाई रोक्न प्रयोग गरिने सैन्य संयन्त्रलाई मुख्य निसाना बनाइएको अलजजिराले खबर लेखेको छ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ६ : २० बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,