काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) को नेतृत्वमा दार्चुलामा निर्माण भइरहेको झुलुङ्गे पुलको प्रशासनिक तथा सामग्री खरिद खर्च विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरण अनुसार पुल निर्माणमा हालसम्म कुल १ करोड २९ लाख २९ हजार १७४ रुपैयाँ खर्च भएको छ ।
खर्च विवरण अनुसार प्रशासनिक शीर्षकतर्फ कुल ७४ लाख १५ हजार ६५१ रुपैयाँ खर्च भएको देखिन्छ । प्रशासनिक खर्च अन्तर्गत सबैभन्दा बढी यातायातमा २८ लाख ४८ हजार ३८३ रुपैयाँ खर्च भएको छ । यस्तै खाना खर्चमा १६ लाख ४० हजार ६४२ रुपैयाँ, बस्ने निमित्त क्याम्प व्यवस्थापनमा ५ लाख ९१ हजार ५९५ रुपैयाँ र ढुवानी तथा विविध खर्च शिर्षकमा १२ लाख ४७ हजार ४०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
यसैगरी, पुल निर्माणका लागि आवश्यक सामग्री खरिद (दार्चुला झुलुङ्गे पुल सामग्री खरिद) तर्फ कुल ५५ लाख १३ हजार ५२३ रुपैयाँ खर्च भएको छ । प्रशासनिक खर्च र सामग्री खरिद खर्च गरी दुवै शीर्षकको जम्मा खर्च १ करोड २९ लाख २९ हजार १७४ रुपैयाँ पुगेको हो । पुल निर्माण टोलीको आधिकारिक छापसहित यो विवरण सार्वजनिक गरिएको हो ।












प्रतिक्रिया