मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने « Khabarhub

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रदेशसभा भवन जनकपुरधाममा बस्नेछ ।

बैठकमा मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार कार्यदलको प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि आगामी आव २०८३–०८४ को विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ ।

यही असार २८ गते बसेको प्रदेशसभा बैठकले बजेटसम्बन्धी विवाद समाधानका लागि प्रदेशसभा सदस्य उपेन्द्र महतो, हरिनारायण महतो, जङ्गीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, विमला अन्सारी तरुण र सरिताकुमारी ठाकुर सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले आगामी आव २०८३–०८४ का लागि कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १० : २५ बजे

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगञ्ज– बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच

नेपाल बिमा प्राधिकरणसँग छलफल

काठमाडौं– प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा

सेबोनको कार्यालय घेर्न पुगे शेयर कारोबारीहरू 

काठमाडौं– मंगलबार बिहान उनीहरू सेबोनको कार्यालय घेर्न पुगेका छन् । 

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन