विपक्षीको आरोप : सरकारले सुकुम्वासीलाई जबर्जस्ती हटाएर पानीमा डुब्न बाध्य बनायो « Khabarhub

विपक्षीको आरोप : सरकारले सुकुम्वासीलाई जबर्जस्ती हटाएर पानीमा डुब्न बाध्य बनायो


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा पनि विपक्षी दलहरूले विरोध कायमै राखेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरू हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका तर्फबाट नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिए।

उनले सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने अडान राखे।

ठगुन्नाले प्रधानमन्त्री शाहले संसद्बाट माफी माग्नुपर्ने आफूहरूको माग कायमै रहेको बताएका छन् ।

सांसद ठगुन्नाले आफूहरूको माग पूरा नभएसम्म विरोध नरोकिने स्पष्ट पारेका छन् ।

उनले उचित व्यवस्थापनबिना नै सुकुम्वासीहरूलाई वर्षाको पानीमा डुब्न बाध्य पारिएको भन्दै आपत्ति जनाएका छन्।

राज्य संयन्त्रको दुरुपयोग गरी राज्य संयन्त्रलाई प्रतिशोधपूर्ण ढङ्गले सञ्चालन गरिएको आरोप लगाउँदै राजनीतिक पूर्वाग्रहका आधारमा पहिले गिरफ्तार गर्ने र पछि अनुसन्धान गर्ने उल्टो विधि अपनाइएको पनि उल्लेख गरे।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १२ : ०५ बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले