संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल « Khabarhub

संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद् मन्त्रीले सांसद थर्काउने थलो नभएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद दुलालले संसद् मन्त्रीले सांसद थर्काउने थलो नभई सांसदले सरकारलाई प्रश्न गर्ने र सरकारले जवाफ दिने ठाउँ भएको बताएका हुन् ।

उनले सरकारको १०० दिन सकिएकाले अब प्रधानमन्त्री संसदमा आएर जनतालाई आश्वस्त पार्नुपर्नेमा जोड दिए ।

सरकारी तथ्याङ्क अनुसार नै महँगी गत वर्षको तुलनामा दोब्बर बढेको भन्दै उनले महँगीको प्रत्यक्ष मार गरिब र श्रमिक वर्गमा परेकाले सरकार भ्रमबाट मुक्त हुनुपर्ने बताए ।

गरिबीको पीडाबोध गर्दै महँगी, कालाबजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिन उनले माग गरे । 

उनले गृहमन्त्रीको सम्पत्ति छानबिन गरे पनि प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाए । 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  २ : २८ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा