संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल « Khabarhub

संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद् मन्त्रीले सांसद थर्काउने थलो नभएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद दुलालले संसद् मन्त्रीले सांसद थर्काउने थलो नभई सांसदले सरकारलाई प्रश्न गर्ने र सरकारले जवाफ दिने ठाउँ भएको बताएका हुन् ।

उनले सरकारको १०० दिन सकिएकाले अब प्रधानमन्त्री संसदमा आएर जनतालाई आश्वस्त पार्नुपर्नेमा जोड दिए ।

सरकारी तथ्याङ्क अनुसार नै महँगी गत वर्षको तुलनामा दोब्बर बढेको भन्दै उनले महँगीको प्रत्यक्ष मार गरिब र श्रमिक वर्गमा परेकाले सरकार भ्रमबाट मुक्त हुनुपर्ने बताए ।

गरिबीको पीडाबोध गर्दै महँगी, कालाबजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिन उनले माग गरे । 

उनले गृहमन्त्रीको सम्पत्ति छानबिन गरे पनि प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाए । 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  २ : २८ बजे

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढे

दमौली– जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र