वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस् « Khabarhub

वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस्


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी दीपकराज गिरी निरन्तर साथमा छन् । दीपा बिरामी भएपछि दीपक पनि बेचैन बने ।

दशकौंदेखिकी सहकर्मी गम्भीर बिरामी हुँदा जो-कोहीलाई चिन्ता हुनु स्वभाविक नै हो । दीपाको शल्यक्रिया सफल भएपछि दीपकले लेखे, ‘यो साता हाम्रा लागि निकै चुनौतीपूर्ण र कठिन समय रह्यो ।’

दीपक र दीपाको सम्बन्ध बडो रहस्यपूर्ण छ । न उनीहरू विवाहित जोडी हुन् र प्रेममा छन् । गसिप प्रेममा रहेको सुनिन्छ । तर, एक महिला र पुरुष सहकर्मीकै सम्बन्धमा मात्रै पनि रहन्छ सक्छन् भन्ने भाष्य उनीहरू स्थापित गर्न खोज्छन् ।

यहाँ कुरा उनीहरूको सम्बन्धको होइन । यो दोस्रोमा आउँछ । प्रमुख कुरा दीपकको साथको हो । दीपा बिरामी हुँदा दीपकले राम्रै ख्याल राखे । चिन्तासहित उपचारको प्रबन्धमा उनी खटे । शल्यक्रियापछि पनि उनले दीपाको ख्याल राम्रैसँग गरिरहेका छन् ।

दीपा–दीपकको सम्बन्ध देखेर नायिका वर्षा राउत नै प्रभावित भइछन् । दीपा बिरामी हुँदा दीपकको ख्यालबारे वर्षालाई स्ट्याट्स लेखेर लाखौं दर्शकलाई जानकारी दिन मन लागेछ ।

वर्षाले दीपक–दीपाबारे लेखेकी छन्, ‘जीवनमा केही सम्बन्धहरू नामभन्दा धेरै माथि हुन्छन् । ३० वर्षभन्दा लामो मित्रता, अप्ठ्यारो समयमा पनि अडिग साथ, र आफ्ना मान्छेप्रतिको निस्वार्थ चिन्ता‘ आज दीपक दाइमा त्यो सबै देखेँ। रगतको सम्बन्ध नभए पनि केही सम्बन्धहरू परिवारभन्दा कम हुँदैनन् । दीपा दिदीको शीघ्र स्वास्थ्यलाभको कामना । र यस्ता सम्बन्धहरू सधैं अटल रहून् ।’

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ७ : ४४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ७ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज ७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ७ गते बुधबार सन् २०२६

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा