रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर « Khabarhub

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात किर्ते गरेको आरोप लागेका तीनजना संविधानसभा सदस्यलाई कसुरदार ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसला सदर गरेको छ ।

न्यायाधीशहरू खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको इजलासले सभासद्हरू गायत्री शाह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय लगायतलाई कसुदार ठहर गर्ने जिल्ला अदालतको फैसलालाई मंगलबार सदर गरेको हो ।

उच्चले गत असार २३ गते संविधानसभा सदस्यहरू गायत्री शाह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादव राहदानी ऐनविपरीतको कसुरमा दोषी ठहर हुने जिल्लाको फैसला सदर गरेको हो ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतले ०७१ जेठ २१ गते तत्कालीन संविधानसभा सदस्य शाह, यादव र राय यादवलाई जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनीहरू सबैजना ०६४ सालमा पहिलो संविधानसभाका सदस्य भएका थिए।

यस्तै विचौलियाको भूमिका खेलेका डिलबहादुर घर्ती, गोपाल बानियाँ, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई किर्ते कागज कसुरमा दोषी ठहर भएका छन् । यिनीहरूलाई जनही एक वर्ष कैद र पाँच लाख ५४ हजार रुपैयाँ जरिवाना भएको छ।

उता नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई जिल्ला अदालत काठमाडौंले एक वर्ष कैद र ५०० रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

गायत्री, विश्वनाथप्रसाद र शिवपुजनले संविधानसभा सदस्यको हैसियतमा प्रदान गरिएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभ लिने गरी विचौलियालाई बिक्री गरेको खुलेको थियो।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ६ : ४० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का