विद्यार्थी कुटपिट घटनाप्रति शिक्षा मन्त्रालयको चासो « Khabarhub

विद्यार्थी कुटपिट घटनाप्रति शिक्षा मन्त्रालयको चासो


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँको बौद्धस्थित खावालिङ विद्यालयमा शिक्षिकाले एक विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले चासो जनाएको छ।

कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई विद्यालयकी शिक्षिका सोना रानाले कुटपिट गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले आज पीडित विद्यार्थी, विद्यालयका सञ्चालक र प्रधानाध्यापकसँग मन्त्रालयमा छलफल गरेका हुन्। मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेटवार्ता गर्दै अध्ययन र खेलकुदमा प्रोत्साहनस्वरूप खेलकुद सामग्रीसमेत प्रदान गरे।

छलफलका क्रममा मन्त्री पोखरेलले आवश्यक परे घटनासम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन मन्त्रालयले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, विद्यार्थीमा मनोवैज्ञानिक असर नपर्ने गरी घटनामा संलग्न शिक्षिकालाई सचेत गराउन विद्यालयको ध्यानाकर्षण गराउँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन शिक्षकका लागि आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।

मन्त्रालयका अनुसार उक्त घटना करिब एक वर्षअघि भएको भए पनि यस्ता विकृति दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउने उद्देश्यले मन्त्रालयले विद्यालय र पीडित पक्षसँग छलफल गरी पहल थालेको हो।

खावालिङ विद्यालयका प्रधानाध्यापक सुनिल रानाका अनुसार घटनामा संलग्न शिक्षिका सोना रानालाई गत जेठमै विद्यालयबाट निष्कासन गरिएको थियो।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ७ : ३० बजे

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र

टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई

पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी