नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै « Khabarhub

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गरिने जनाएको छ ।

निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्रीवितरण गर्न लागिएको निगमले सूचनामार्फत जानकारी गराएको छ ।

निगमका अनुसार निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण गरिनेछ । यस्तै, यातायात कार्यालय परिसर चाबाहिलबाट नेपाल र एचपी ग्यास, राधास्वामी कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास वितरण गरिने निगमले सूचनामा उल्लेख गरेको छ ।

यसैगरी, राधास्वामी वसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, भानु र ओम, पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास बिक्री गरिने जनाइएको छ।

निगमले अति आवश्यक भएका व्यक्तिहरुले मात्र आआफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र सहित बिहान १० देखि साँझ ६ बजेसम्म तोकिएको स्थानमा उपस्थित भइ ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ ।
निगमले एलपी ग्यासको आयात नियमित रुपमा भइरहेको र सोको बिक्री वितरण सम्बन्धित उद्योगहरुले आआफ्ना विक्रेताहरु मार्फत नियमित रुपमा गरिरहेको पनि जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ७ : ५५ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान