बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो « Khabarhub

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । यही साउन २९ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले गाभिएका मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्मका लागि प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ ।

त्यसैगरी उद्योग, वाणिज्य, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत जीवलाल भुसाललाई उद्योग तथा वाणिज्य क्षेत्र, अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दीपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ ।

स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत गीताकुमारी होमेगाईंलाई युवा तथा खेलकुद क्षेत्र, डा सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबिराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी दिइएको छ ।

कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डा. केदार बराललाई वन तथा वातावरण क्षेत्र र सुधिर श्रेष्ठलाई कृषि तथा पशुपन्छी क्षेत्रको जिम्मेवारी तोकिएको प्रवक्ता तामाङले जानकारी दिए ।

उक्त जिम्मेवारी गाभिएका मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्म कायम रहने प्रवक्ता तामाङले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ९ : १३ बजे

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह : चीनसँग नियमित अनुगमन

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६