गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण « Khabarhub

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा नवीकरण सेवा सुरु गरेको छ । अनलाइनबाट नवीकरण गरिएका रेडियो र टेलिभिजनलाई शुक्रबार पहिलोपटक प्रदेशबाटै नवीकरण प्रमाणपत्र प्रदान गरिएको हो ।

योसँगै गण्डकी प्रदेशभित्र सञ्चालित प्रसारण संस्थाको इजाजतपत्र नवीकरणका लागि काठमाडौँ जानुपर्ने बाध्यता हटेको प्रेस रजिष्ट्रार विमला भण्डारीले बताए । प्रेस रजिष्ट्रारको कार्यालयले छुट्टै सफ्टवेयर विकास गरी रेडियो र टेलिभिजनको अनलाइन दर्ता तथा नवीकरण सेवा सुरु गरेको उनको भनाइ छ ।

‘प्रसारण संस्था नवीकरणको प्रमाणपत्र पनि अनलाइनबाटै उपलब्ध हुन्छ, कार्यालयबाट पनि प्रमाणपत्र लिन सकिन्छ’, रजिष्ट्रार भण्डारीले भने, ‘अनलाइन सेवाले रेडियो टेलिभिजनको दर्ता र नवीकरणका लागि समय र खर्चको बचतसँगै प्रशासिनक झण्झट पनि कम हुनेछ ।’

प्रेस रजिष्ट्रार भण्डारीले प्रसारण संस्थाको इजाजत पत्रको नवीकरणका लागि कार्यालयमा सम्पर्क गर्न र राजस्व पनि प्रदेशमै बुझाउन आग्रह गरे । उनले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण पनि प्रदेशबाटै हुने नीतिगत व्यवस्थाका लागि प्रदेश समस्या समाधान समितिको बैठकमार्फत सङ्घ सरकारसमक्ष अनुरोध गरिएको बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  १० : ५२ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक