चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली, मिसन जनजागरण अभियान सुरु गर्ने « Khabarhub

चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली, मिसन जनजागरण अभियान सुरु गर्ने


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

इलाम – फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक झापा र इलामका कार्यक्रममा सहभागी हुन पुगेका छन्। ओली शनिबार झापाबाट इलामको फिक्कलतर्फ प्रस्थान गरेका हुन्।

इलामको फिक्कलमा आयोजना हुने आदिवासी जनजाति महासङ्घको कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले नेता महेश बस्नेतले जानकारी दिए। उनका अनुसार ओली आज इलाममै बस्नेछन् र आइतबार झापामा हुने कार्यक्रममा सहभागी हुनेछन्।

आजको कार्यक्रममा देशभरबाट आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्यहरूको सहभागिता रहने बताइएको छ। ओलीले इलाममा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत जिल्लाका पार्टी कार्यकर्तासँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।

ओलीसँगै एमाले सचिव शेरधन राई, नेता गुरु बराललगायतका नेताहरू पनि इलाम पुगेका छन्।

यसैबीच, एमालेले स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गर्न लागेको ‘मिसन जनजागरण अभियान’ को शुभारम्भ आइतबार झापाबाट गर्ने भएको छ। एमालेले उक्त अभियान देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्ने तयारी गरेको छ।

निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा र इलाम पुगेका ओली पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा उत्साहित देखिएका छन्। अभियानमार्फत आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरण र जनसम्पर्क विस्तार गर्ने एमालेको तयारी छ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  १ : ३८ बजे

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २