‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’ « Khabarhub

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श व्यवसायीबीच भइरहेको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेको छ ।

नेपाल शैक्षिक परामर्श सेवा सङ्घ (नेक्सा)को दोस्रो वार्षिक दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत शिक्षा क्षेत्रका संयोजक पौडेलले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ विगत सरकारकै मस्यौकाका आधारमा ल्याइएको बताए।

नियमावली आवश्यकताका आधारमा ल्याइएको भए पनि यसको कार्यान्वयनका विषयमा सम्बन्धित सरोकारवाला पक्षसँगको वार्तालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

सरकार शैक्षिक परामर्श क्षेत्रका व्यवसायी र विद्यार्थीको हितमा रहेको स्पष्ट पार्दै सांसद पौडेलले विदेशमा अध्ययन तथा रोजगारीबाट हासिल हुने सीप, अनुभव र पुँजीलाई स्वदेशको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेक्साका अध्यक्ष सन्तोष खनालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग पहिलो चरणको वार्ता सम्पन्न भएको र दोस्रो चरणको वार्ताका लागि विषयवस्तु तयार भइरहेको जानकारी दिए ।

उहाँले नियमावलीमा व्यवस्था गरिएको २५ लाख धरौटी, शैक्षिक परामर्श संस्थाका कार्यालयको पूर्वाधारसम्बन्धी मापदण्ड तथा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको दायित्वका विषयमा सरकारले पुनर्विचार गर्नुपर्ने माग गरे।

कार्यक्रममा डा. जीवन खनाल, डा. निरञ्जन कोइराला र डा. विनय तामाङलगायतलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूले करिब ७० वर्षअघि युद्ध र गरिबीको चपेटामा रहेको दक्षिण कोरियाले कडा मेहनतका माध्यमबाट आफूलाई विकसित र समृद्ध मुलुकमा रूपान्तरण गरेको उदाहरण नेपालका लागि महत्वपूर्ण पाठ भएको बताए।

नेक्साका महासचिव गणेश बेल्वासेले ‘सिक, कमाउ र फर्क’ भन्ने अभियानका साथ सङ्घले जिम्मेवारीपूर्वक शैक्षिक परामर्श सेवा सञ्चालन गर्दै आएको बताए। उनले सङ्घको दोस्रो वार्षिक साधारणसभामा यस अभियान तथा संस्थाका गतिविधिको समीक्षा गरिने जानकारी दिए।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ४ : ०६ बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु