अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ « Khabarhub

अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताएका छन्।

सरकारी समाचार संस्था आइआरआइबीसँग शनिबारको अन्तर्वार्तामा अराघचीले कतार र पाकिस्तानजस्ता मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबीच सन्देश आदानप्रदान भइरहेको जानकारी दिए। यद्यपि, यस्तो सन्देश आदानप्रदानलाई दुई देशबीच वार्ता पुनः सुरु भएको अर्थमा लिन नहुने उनले स्पष्ट पारे।

गत जुनमा इरान र अमेरिकाबीच युद्ध अन्त्य गर्ने समझदारी भएको स्मरण गर्दै अराघचीले अमेरिकाले उक्त समझदारी उल्लङ्घन गरेपछि पुनः द्वन्द्व सुरु भएको आरोप लगाए।

यसैबीच, स्ट्रेट अफ होर्मुज हुँदै पानीजहाजको सुरक्षित आवतजावतका लागि इरान र ओमानबीच नयाँ मार्ग निर्धारण गर्ने विषयमा वार्ता भइरहेको उहाँले बताए। उनका अनुसार हाल अस्थायी मार्गको खाका तयार पार्ने काम भइरहेको छ, जसलाई आगामी चरणमा स्थायी मार्गमा परिणत गरिनेछ।

होर्मुजमार्फत आवतजावत पूर्ण रूपमा सञ्चालनमा आउने विषय अन्य सर्तहरूको पालनामा निर्भर रहेको उल्लेख गर्दै अराघचीले त्यसका लागि अमेरिका ती सर्तप्रति प्रतिबद्ध हुनुपर्ने बताए। उनले यस विषयमा चाँडै निष्कर्षमा पुग्न सकिने आशासमेत व्यक्त गरे।

गत जुन १८ मा इरान र अमेरिकाले लेबनानसहित यस क्षेत्रका सबै मोर्चामा युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। उक्त समझदारीअनुसार अन्तिम सम्झौताका लागि दुई देशबीच ६० दिनभित्र वार्ता हुनुपर्ने थियो।

तर, गत महिना दुई देशबीच पुनः तनाव बढेपछि प्रस्तावित वार्ताको भविष्य अनिश्चित बनेको छ। समझदारीअनुसार तोकिएको ६० दिने समयसीमा आगामी सोमबार सकिँदैछ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ७ : १६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००