विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह « Khabarhub

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपद्बाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बद्ध सबैपक्षको ध्यानाकर्षण गराएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत जोखिममा रहेका बस्ती तथा परिवारको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

उनले हालैका दिनमा रोल्पा, बाजुरा, जाजरकोट, कास्की, पर्वतलगायत जिल्लामा अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम कायमै रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले बदलिँदो जलवायु र मौसमजन्य जोखिमलाई ध्यानमा राखी पूर्वतयारी र जोखिम न्यूनीकरणका उपायलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

मौसम तथा विपद्सम्बन्धी सूचना र पूर्वसूचनाप्रति चनाखो रहन, जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न, नदी तथा खोलानालाको किनारबाट टाढा रहन र सम्भावित जोखिमबाट आफू, आफ्नो परिवार तथा समुदायलाई सुरक्षित राख्न आवश्यक पूर्वतयारी गर्न उनले आमनागरिकमा आह्वान गरेका छन्।

“प्राकृतिक विपद् पूर्णतः रोक्न नसकिए पनि समयमै गरिएको पूर्वतयारी, सही सूचना, सतर्कता र प्रभावकारी उद्धार तथा राहत व्यवस्थापनबाट यसको मानवीय क्षति धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । यसका लागि सरकार, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज र आमनागरिक सबैको सहकार्य आवश्यक छ”, पूर्वराष्ट्रपतिले भनेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ८ : ३९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग