बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ? « Khabarhub

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्।

नेपाल प्रहरीले मङ्गलबार बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने केही स्थानमा एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेका छन्।

प्रहरीका अनुसार बिपी राजमार्गअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा १० टनसम्मका मालबाहक सवारी साधनलाई साँझ ७ देखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ। सो खण्डमा बिहान ४ देखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्याङ्कन गरी मात्र सवारी सुचारु गर्ने व्यवस्था मिलाइएको छ। यस्तै, रसुवाका सम्पूर्ण मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा ठप्प रहेका छन्।

नुवाकोटको टोखा–छहरे सडक खण्डको शिवपुरी–८ स्थित घट्टेखोलामा जोखिमका कारण राति १० देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने पसाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर–१० सिमटारमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसैगरी पृथ्वीलोकमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ–७ स्थित कृष्णभिरमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द छ। सोही गाउँपालिकाको ज्वालाखोला र शीतलबजार क्षेत्रमा भने पहिरो हटाई सडक एकतर्फी सुचारु गरिएको छ। नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको तुइनखोलामा सडक मर्मत भइरहेकाले गाडीको चाप हेरेर एकतर्फी आवागमन गराइएको छ।

उता गण्डकी प्रदेशको मनाङस्थित चामे–बेसीसहर सडक खण्डको नासो–३ धारापानीमा बाटो निर्माणका कारण हाल साना सवारी साधन मात्र सञ्चालनमा ल्याइएको छ। कर्णाली प्रदेशअन्तर्गत हुम्लाको कर्णाली करिडोर (सर्केगाड–६, खरीखेत) मा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। नेपाल प्रहरीले नागरिकलाई सडकको अद्यावधिक स्थिति बुझेर मात्र यात्रा तय गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ७ : १४ बजे

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२