अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो « Khabarhub

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र जलवायु परिवर्तनबारेको कथामा बनेको नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङहङमा विशेष शो सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय दर्शक र हङकङमा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गरी आइतबार राखिएको विशेष शोमा चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता रहेको निर्देशक निर्मल श्रेष्ठले बताए ।

उक्त शोमा सगरमाथा आरोहण गरेका आधा दर्जन चिनियाँहरू पनि उपस्थित थिए ।

वृत्रचित्रका पात्रहरु कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा, निमा ग्याल्जेन शेर्पासहित विनोद गुरुङ र सुरज गुरुङ समेतको सहभागिता थियो । फुर्वाले १८ र निमाले ११ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रालाई केन्द्रमा राख्दै पर्वतारोहणका चुनौती, साहस, शेर्पा समुदायको योगदान तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा परिवर्तन हुँदै गएको हिमाली वातावरणलाई प्रस्तुत गरेको निर्माण पक्षको दाबी छ । वृत्तचित्रको केन्द्रमा ५० वर्ष नाघेका राज गुरुङको सगरमाथा आरोहण यात्रा रहेको छ ।

वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन् । नेपाली र अंग्रेजी दुवै भाषामा यो तयार गरिएको छ।

फोटो : स्वदेश मर्हजन

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  १ : ४० बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको