कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ « Khabarhub

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन सभामुखको ध्यानाकर्षण गराएको छ ।  

मंगलबार सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै सत्तापक्षका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकमा विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउने विषय उठेको र रोस्ट्रमबाट समेत सम्बोधन भएको तीन साता बित्दा समेत कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

समिति सरकारको विरोधमा नभई सरकारलाई थप जिम्मेवार, व्यवस्थित र पहुँच नपुगेका ठाउँमा राहत पुर्‍याउन सहयोगी बन्ने उनले बताए ।

उनले एक साताभित्र उच्चस्तरीय संसदीय समिति बनाउन आग्रह गरिएको बताए । त्यस्तै आङ्देम्बेले विपद्का कारण स्थगित भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई अघि बढाउन पनि सभामुखको ध्यानाकर्षण गराइएको जानकारी दिए । 

त्यसैगरि उनले पार्टीको १५ औं महाधिवेशन अन्तर्गत तल्लो तहदेखि केन्द्रसम्मको कार्यतालिकाबारे सभामुखलाई औपचारिक जानकारी गराइएको उल्लेख गरे । 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  १ : ३१ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन