ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल « Khabarhub

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भई फेला परेका ५० वटा हराएका मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।  

मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले सम्बन्धित धनीलाई फेला परेका मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्रै कुल ९६ वटा चोरी तथा हराएका सवारी साधन खोजी गरी धनीलाई बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

आफ्नो सवारी साधन चोरी हुनबाट जोगाउन धनी आफैँ सबैभन्दा पहिले सचेत हुनुपर्ने र  सवारी साधनमा थप भौतिक लक का साथै आधुनिक डिजिटल प्रविधि जडान गरी सुरक्षा बलियो बनाउनुपर्ने उनले बताए । 

लामो समयका लागि एकान्त वा सुनसान ठाउँमा सवारी छोड्नुपर्ने अवस्था आएमा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ । 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  १ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको